Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन्त्री विष्टमाथि आक्रमण गर्नेलाई कारबाही माग

Published on 2:42:00 AM //

गुल्मेलीहरूको साझा मञ्च गुल्मेली समाज, काठमाडौंको आयोजनामा नव वर्ष २०६८ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान एवं जलपान कार्यक्रम सम्पन्न भयो ।

समाजका उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्वसचिव तीथराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) का नेता एवम् सभासद् प्रदीप ज्ञवालीले अनुजा पन्थीद्वारा लिखित लघुकथा संग्रह अठोटको विमोचन एवम् वैशाख ४ देखि ११ गतेसम्म गुल्मीमा हुने गुल्मी महोत्सवमा जान लागेका कलाकारहरूलाई सम्मान गर्नुभएको थियो।
आक्रमणबाट घाइते भएका नवनियुक्त ऊर्जामन्त्री गोकर्ण बिष्टको
उपचार हुँदै । तस्वीर: नेपाल समाचार पत्र

बुद्धनगर पार्टीयालेसको पनि शुभारम्भ भएको सो कार्यक्रममा नेता ज्ञवालीले निरंकुशताविरुद्ध गुल्मीले अहम् भूमिका खेलेको उल्लेख गर्नुभयो। समाजका महासचिव एवम् नेपाल समाचारपत्रका समाचार सम्पादक टंक पन्तले स्वागत गर्नुभएपछि प्रारम्भ भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले वैशाख ४ देखि हुन गइरहेको गुल्मी महोत्सवको बारेमा जानकारी गराउँदै उपत्यकामा रहेका सम्पूर्ण गुल्मेलीहरूलाई सो समयमा गुल्मी जान आ³वान गर्नुभयो।

गुल्मीमा उत्पादन भएको अदुवाको सुठोको महत्त्वको बारेमा सागरमणि ज्ञवालीले जानकारी गराउनुभएको सो कार्यक्रममा ऊर्जामन्त्री गोकर्ब बिष्टमाथी आक्रमण गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको थियो भने विष्टको शीघ्र स्वास्थलाभ र कार्यकाल सफलताको कामनासहित प्रस्ताव पारित गरिएको थियो। कार्यक्रममा नेपाल सरकारका सचिव लीलामणि पौडेलको नेतृत्वमा प्रशासनिक अधिकारीहरूको सगरमाथा आरोहण प्रारम्भ भएकोमा खुसी व्यक्त गर्दै सफलताको कामना पनि गरिएको थियो भने नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएका भीम पौडेललाई स्वागतसमेत गरिएको थियो।

यसैबीच नेकपा -(एमाले) गुल्मी काठमाडौं सर्म्पर्क मञ्चले एमाले नेता एवम् नवनियुक्त ऊर्जा गोकर्ण बिष्टमाथी आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दै विष्टको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अध्यक्ष टीकाराम सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा गुल्मी जिल्लाबासी विष्टमाथिको आक्रमणले सम्पूर्ण् गुल्मेलीहरूलाई अझ बढी मर्माहत बनाएको उल्लेख छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग