Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वयंसेबकहरुलाई परिचयपत्र वितरण

Published on 4:25:00 PM //

गगनशिला खड्का,
महोत्सव सुचना केन्द्र । भोली देखी शुरु हुने महोत्सवलाई मर्यादित र व्यवस्थीत तरिकाले सम्पन्न गर्नको लागी गठित स्वयं सेवक परिचालन समितिले आज स्वयमंसेवकहरुलाई स्वयंमसेबक परिचयपत्र वितरण गरेको छ ।
स्वयंसेबक परिचालन समितिका संयोजक श्री प्रसाद भलमीको संयोजकत्वमा गठित समितिले स्वयंमसेबकहरुलाई ४ समुहमा विभाजन गरी समितिको इन्चार्ज र संयोजक समेत चयन गरेको छ । जसअनुसार समुह १ मा ठाकुर प्रसाद पाण्डेय इन्चार्ज र नारायण आर्चाय संयोजक, समुह २ मा दुर्गाचन्द्र बोहोरा इन्चार्ज र शक्ती श्रीस संयोजक, समुह ३ मा जंङ्ग कुवर इन्चार्ज र नवराज खरेल संयोजक र समुह ४ मा ओम श्रेष्ठ इन्चार्ज र सुप्रीया अधिकारी संयोजक रहनु भएको छ ।
 समितिका स्वयमसेबकहरुलाई समितिका संयोजक श्री प्रसाद भलामी, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक पदम प्रसाद सुबेदी र कालिदत्त गुल्मका गुल्मपति छुन्नामुन्ना राईले देशको बर्तमान अवस्था असुरक्षित भईरहेको अवस्थामा प्रथम गुल्मी महोत्सव शान्तीपुर्ण तरिकाले सम्पन्न गर्नका लागी स्वयंमसेबकहरुको भुमिका महत्वपुर्ण रहने बताउनुभएको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग