Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक हप्ते होटल व्यवस्थापन तालिम सम्पन्न

Published on 6:05:00 PM //

गगनशिला खड्का, महोत्सव सुचना केन्द्र
गुल्मी उधोग वाणीज्य संघ, होटल व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन वर्ष २०११को सचिवालय र नेपाल पर्यटन वोर्डको सहयोगमा गुल्मीको सदरमुकाम तम्घासमा होटल व्यवसायीहरुका लागी एक हप्ते होटल व्यवस्थापन तालिम आज सकिएको छ । गुल्मी उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, विषेश अतिथी पर्यटन वार्डका कार्यक्रम अधिकृत सुर्य थपलिया प्रहरी नायब उपरीक्षक पदम प्रसाद सुबेदी, कोष तथा लेखा नियन्त्रक प्रमुख नागरिक समाजका भुवन श्रेष्ठ, नेल्टा गुल्मीका अध्यक्ष कुन्जरमणी गौतम, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगाएतले होटल व्यवसायीहरुले तालिम लिईसकेपछि प्रथम गुल्मी महोत्सवमा जिल्लामा आउने पर्यटकहरुलाई राम्रो खानाको व्यवस्था गर्नेमा विश्वास ब्याक्त गर्नुभएको थियो । साथै कार्यक्रमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक पदम प्रसाद सुबेदीले गुल्मीको सदरमुकाम तम्घासमा भएका होटलहरुलाई दैनिक निगरानीमा राखिएकोले अनाबश्यक क्रियाकलाप हुन नदिने र यदि त्यस्तो क्रियाकलाप कसैले गर्न खोजेमा त्यो ब्याक्ती कानुन भन्दा बाहिर नजाने बताउनुभयो । प्रशिक्षक शुरेशचन्द्र वस्नेत, रविन श्रेष्ठ, अनुराग गैरेले प्रशिक्षण दिनुभएको तालिममा सहभागीको तर्फबाट हुमाकान्त खराल र मधु महर्जनले मन्तव्य ब्याक्त गरेका थिए । करीब २८ जना होटल व्यवसायीको सहभागीता रहेको तालिममा रिडिबाट ५ जनाको सहभागीता रहेको छ । कार्यक्रम होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवराज भण्डारीको सभापतीत्व र सचिब मुकुन्दहरी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग