Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होटल व्यवसायीहरुका लागी तालिम

Published on 7:04:00 PM //

जनार्दन घिमिरे
प्रथम गुल्मी महोत्सवको अवशरको अवशर पारेर गुल्मी उद्योग वाणीज्य संघ र होटल व्यवसायी मञ्च गुल्मीको आयोजना तथा नेपाल पर्यटन वर्ष २०११ को सचिवालय र नेपाल पर्यटन वोर्डको सहयोगमा गुल्मीको सदरमुकाम तम्घासमा होटल व्यवसायीहरुका लागी एक हप्ते होटल व्यवस्थापन तालिम आजदेखी शुरु भएको छ । 

जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथी गुल्मी उद्योग वाणीज्य संघका महासचिब कृष्णप्रसाद पोख्रेल, प्रशिक्षक शुरेशचन्द्र वस्नेत लगाएतले गुल्मी जिल्लामा पर्यटन व्यवसायको राम्रो सम्भावना हुदाँ हुदै पनि होटलहरुको राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको बताउनुभएको थियो । उहाँहरुले गुल्मी जिल्लामा हुन लागीरहेको प्रथम गुल्मी महोत्सव सफल बनाउनका लागी होटल व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहने भएकोले होटलहरुको सुधारमा व्यवसायीहरु लाग्नुपर्ने बताउनुभएको थियो । 
साथै कार्यक्रममा सहभागीहरुले गुल्मी जिल्लामा होटल व्यवसायीहरुले होटलमा आउने आगुन्तुकहरुका लागी आगुन्तुक पुस्तीका राख्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य तथा रेडियो रेसुंगाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, होटल व्यवसायी मञ्चका कोषाध्यक्ष जंगबहादुर कुँवर, रेडियो स्काईको संयोजक जिडी जोन्स रियाज, रेडियो गुल्मीका समाचार प्रमुख गगनशिला खड्का, रेडियो रेसुंगाका प्रनिनिधि कृष्ण विश्वकर्मा लगाएतको सहभागीता रहेको थियो । 
तालीममा २८ जना होटल व्यवसायीको सहभागीता रहेको छ । कार्यक्रम होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवराज भण्डारीको सभापतीत्व तथा सचिव मुकुन्दहरी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग