Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘राजनीतिक परिवर्तन संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक’: प्रधानमन्त्री खनाल

Published on 4:53:00 PM //

घनश्याम गौतम

प्रधानमन्त्री झलनाथ खनालले हरेक राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति नभएमा राजनीतिक क्रान्तिको अर्थ नहुने र त्यस्तो राजनीतिक परिवर्तन टिक्नै नसक्ने बताएका छन् ।
यो सरकार लोकतन्त्र संस्थागत गर्ने गरी आर्थिक क्रान्तिको बाटोमा लागेको उनले दावी समेत गरेका छन् । धार्मिक स्थलको प्रवर्धन, पर्यटन, कृषि, उद्योग र स्थानीय कला संस्कृतीको संरक्षणको उद्देश्यका साथ आइतवार देखि सदरमुकाम तम्घासमा शुरु भएको गुल्मी महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले हरेक राजनीतिक क्रान्तिको सफलताका लागि आर्थिक क्रान्ति अपरिहार्य भएको बताए । नेपालको परिवर्तनका लागि भएका हरेक आन्दोलन परिवर्तनपछिको आर्थिक क्रान्ति अभावकै कारण राजनीतिक परिवर्तन असफल भएको उनको भनाई थियो ।

‘हरेक राजनीतिक परिवर्तत आर्थिक क्रान्तिको अभावकै कारण असफल भएका छन्’, खनालले भने, ‘तसर्थ २०६२/०६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि यो सरकार आर्थिक क्रान्तिको बाटोमा अग्रसर भएको छ ।’ सरकारले आर्थिक क्रान्ति सफल पर्ने गरी लोडसेडिङ्ग समाप्त गरेर नयाँ नेपाल झिलिमिली पार्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको बताए । यस अघिका सरकार प्रमुखहरु अदुरदर्शी र आत्मकेन्द्रित भएर राज्यको दुरुपयोग गर्न खोज्दा राष्ट्र बिग्रिएको उनको दावी थियो ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजना र जिविस एवं रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजनामा तम्घासको चिदिचौरमा शुरु गरिएको महोत्सवमा १ सय १० स्टल राखिएका छन् । आयोजकहरुले स्थानीय उत्पादन, कृषि, घरेलु सामाग्री, प्रविधि, लोपोन्मुख सामाग्रीहरुको प्रदर्शनीलाई प्राथमिकता दिएका छन् । बैसाख ११ गतेसम्म चल्ने महोत्सवमा तोरी पेल्ने काठको कोल, विश्वमै निकै मंहगो मानिएको र गुल्मीको भार्सेमा व्यवसायीक उद्देश्यका साथ उत्पादन शुरु गरिएको अगरउड काठको प्रदर्शन, अपाङ्गहरुले तयार गरेका सामाग्री लगायतले महोत्सवको आर्कषण बढाएको छ । 
महोत्सव संयोजक कृष्णप्रसाद भण्डारीले पहिलो पटक आयोजना गरिएको भएपनि महोत्सव सबैमा नमुना बन्ने बताए । महोत्सवमा झण्डै ५ लाख दर्शकले अवलोकन गर्ने र झण्डै २ करोड रुपैंयाको कारोबार हुने आयोजकले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग