Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हङकङबासी गुल्मेलीले मनाए नयाँ बर्ष, नृत्य प्रतियोगितामा एलिना प्रथम

Published on 3:34:00 PM //


गुल्मी समाज हङकङले हिज युनलुङगको ताइटोङग बी बी क्यू कन्ट्री पार्कमा नेपाली नयां बर्ष बि स २०६८ को सुखद अवसरमा विविध कार्यक्रम सहित शुभकामना आदान प्रदान र नृत्य प्रतियोगिताको भव्य आयोजना गर्दै नेपाली नयां बर्ष २०६८ को भव्य स्वागत गरेको छ।
गुल्मी समाज हङकङले गत बर्ष देखि संचालन गर्दै आएको नृत्य प्रतियोगितामा यस पटक एलिना मल्ल प्रथम भएकी छन। उनले हरिया चुरा गीतको बोलमा उनले नृत्य प्रस्तुत गरेकी थिइन। मल्लले नगद पुरस्कार सहित प्रमाण पत्र पाएकी थिइन। दोस्रो स्थानमा पुजा राई तेस्रो स्थानमा विनिता राई र पूजा राईले नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन। साथै सान्त्वना पुरस्कार स्वरुप एलीना गुरुङ र एलिसा गुरुङले पनि नगद र प्रमाण पत्र प्राप्त गरेका छन। बर्षाको कारण पनि नृत्य प्रतियोगिता भव्यरुपमा सु सम्पन्न भएको छ।
गुल्मी समाज हङकङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय रहेका थिए। विशेष अतिथि र अन्य अतिथिमा च्याम्बर अफ कमस्रका महासचिव डांसुराम पराजुली बाग्लुङग समाजका अध्यक्ष याम ब बुढाथोकीमगर पाल्पा श्रीनगर समाजका अध्यक्ष एक ब रानामगर खोटाङ समाजका सहसचिव मणि राई समाजका संस्थापक अध्यक्ष तिलक गाहा समाजका निवर्तमान अध्यक्ष डिल बुढाथोकीमगर लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए।

प्रमुख अतिथि तथा विशेष अतिथिहरुले नेपाली नयां बर्षको शुभकामना दिएका थिए। प्रमुख अतिथि महाबाणिज्यदूतले नेपाल सरकारको तर्फबाट सबै नेपालीको उत्तरोतर प्रगति शान्ति समृद्ध नेपाली दीर्घायु र चिरायुको शुभकामना दिएका थिए। 

उक्त कार्यक्रमको सभापतित्व समाजका का वा अध्यक्ष सोम थापामगरले गरेका थिए भने संचालन समाजका बरिष्ठ सल्लाहकार थल श्रीसमगरले गरेका थिए। उपस्थित महानुभावहरुलाई समाजका बरिष्ठ सल्लाहकार नेत्र पहराईले स्वागत मन्तव्य सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग