Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी विकास बैंकद्वारा सुरक्षण विमा

Published on 7:33:00 PM //

सीता भण्डारी
गुल्मी विकास बैंकले २ लाख रुपैयाँ सम्म ग्राहकको खातामा रहेको रकमको सुरक्षण बिमा गरेको छ ।
सदरमुकाम तम्घासमा २०६६ सालमा स्थापना भएको उक्त बैंकले आफ्ना गाह्रकहरुको निक्षेपको रुपमा प्राकृतिक व्यक्तिको नाममा बचत तथा मुद्दती खातामा जम्मा गरेको उक्त रकम सुरक्षण हुने व्यवस्था गरेको हो । रकम सुरक्षित गर्नका लागि यस्तो ब्यवस्था गरेको हो । निक्षेप तथा कर्जा सुरक्षण निगमका महाप्रवन्धक भोलाप्रसाद शर्मा अधिकारी र गुल्मी विकास बैंकका वरिष्ठ अधिकृत योगेन्द्र रायमाझी बिच कर्जा तथा सुरक्षण निगम काठमाडौमा यस्तो संझौता गरी सो व्यवस्था गुल्मी विकास बैंकले गरेको हो ।
केही गरी बैंक असुरक्षित भए पनि जनताले बैंकमा राखेको २ लाख बराबरको रकम सुरक्षित हुने भएको छ । बैक तथा वित्तीय संस्थाहरुमा घटने गरेका घटनाहरुले गर्दा कुन बैंकमा रकम राख्दा सुरक्षित हुन्छ भन्ने ग्राहकहरुलाई आफ्नो पैसा सुरक्षित हुने बिश्वासको आधार तयार गरेको छ । यस बैंकले दुर्घटनामा परि ज्यान गुमाएका आफ्ना ग्राहकहरुलाई दुर्घटना विमा, जस्ता बिभिन्न सेवा सुविधाहरु प्रदान गदै आएको छ । सदरमुकाम तम्घासमा मुख्य कार्यालय रहेको गुल्मी विकास बैंकले जिल्लाका तुराङको मजुवा, वामी लगायतका ब्यापारीक केन्द्रहरुमा आफ्नो शाखा विस्तार गरेर सेवा दिँदै आएको छ भने यी दुइ शाखाबाट लघुबित्त कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग