Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवमा दर्शकको भिड बढ्दो, १७ लाखको कारोबार

Published on 6:58:00 PM //

गगनशिला खड्का
महोत्सव सुचना केन्द्र 
आईतबार देखी शुरु भएको प्रथम गुल्मी महोत्सवको दोश्रो दिन आज १७ लाखको आर्थिक कारोबार भएको छ भने ५ हजार दर्शकहरुलेृ महोत्सवको अवलोकन गरेका छन ।

पहिलो दिन ४२ लाखको कारोबार भएकोमा आज दोश्रो दिन १७ लाखको कारोबार भएको र स्टल, टिकट र मेलाको ५ हजार ५ सय दर्शकले अवलोकन गरेको स्टल निर्माण समितिका संयोजक तारा प्रसाद भुषालले जानकारी दिनुभयो । महोत्सवको आज दोश्रो दिन सदरमुकाम तम्घासमा रहेका १ सय १० स्टलमध्ये दर्शकहरुका लागी व्रहमाकुमारी इश्वरीय विश्वविधालयले गरेको दुर्व्यासनी विरुद्धको नाटक आर्कषणका रुपमा रहेको थियो। अहिलेको समयमा दुव्र्यसनी प्रति लागेका नेपालका युवा युवतीका लागी लक्षीत गरेर तयार पारिएको नाटकमा विभिन्न कुलतमा फसेका युवाहरुको झाँकी, काम, क्रोध, लोभ, मोह, अंहकाररुपी अधर्मले मानिसहरुलाई कुन चरणसम्म पुर्याउछ भन्ने चेतनामुलक नाटक प्रस्तुत गरेर दर्शकहरुको रोचाई बन्न सफल भएको थियो ।
अहिलेका युवा पिढी र आजको समाजलाई सकारात्मक सन्देश मिलोस भनि आयोजना गरिएको नाटकमा अर्धमको मुर्गिया रुपन्देहीका हरी प्रसाद भट्टराई अर्धम,देवदह रुपन्देहीका राज खनालले जडियाँ,बुटवलका चन्द्र लम्सालले गंजेडीको भुमीका निर्वाह गरेका थिए । उनिहरुले गरेको जँड्याहा राक्षस, गँजेडीको भुमीकालाई दर्शकहरुले साँच्चीकै मानेर निकै अचम्मका साथ अवलोकन गरेका थिए ।व्रहमाकुमारी विश्वविधालय संग समन्धीत कलाहरुले महोत्सव अवधिभरनै नाटक मार्फत दर्शकहरुलाई दुर्व्यासनी विरुद्धको चेतनामुलक नाटक प्रस्तुत गर्ने ब्रहमाकुमारी विश्वविधालयले जनाएको छ ।
महोत्सवमा कृषी प्रर्दशनी, ढाका कपडा, कुमालेहरुको माटोका भाँडा बनाउने चक्र, गुल्मीकै विरवासका महिलाहरुको चिउरीको घिउ फेल्ने परम्परागत कोल, गिठीका ठेका, आरी, मदानी जस्ता लोपउन्मुख परम्परागत वस्तहरु, पिङ्ग, मौतका कुवा, सर्कस आदि दर्शकहरुको आर्कषणका केन्द्र बनेका थिए ।
यस्तै महोत्सवको दोश्रो दिन साँस्कृतिक कार्यक्रमको पहिलो दिन आज खड्ग देवता पुजा व्यवस्थापन समिति मुसिकोट र वडाँगाउले सरायँनाच प्रस्तुत गरेको साँस्कृतिक समितिका संयोजक अनुप कुमार श्रेष्ठले बताउनुभयो । साँस्कृतिक कार्यक्रम तर्फ लोक पप तथा आधुनिक गायिका
सिन्धु मल्ल, भरत सिटौला, अर्जुन कौशल, लोक दोहरी गायक सागर विरही, गणेश रासकोटी, सन्तोष केसी, श्री थापा लगाएतका कलाकारहरुको साँस्कृतिक प्रस्तुतीले चिदिचौर संगितमय बनेको थियो भने यता हिजो देखीनै शुरु भएको बृहत स्वास्थ्य शिविरमा आज ३ सय विरामीहरुलेृ उपचार सेवा लिएका छन ।
लुम्वनी मेडिकल कलेज,शिक्षण अस्पत्ताल र भरोषा अस्पत्तालको सहयोगमा शुरु गरिएको आङ्ग खसेका महिलाहरुको अप्रेशन र इन्डोसकपी सेवा तर्फ २ जना पाठेघर खसेका महिलाहरुको अप्रेशन गरिएको छ भने ४ जनाको जनरल अप्रेशन र २० जनाले इन्डोसकपी सेवा लिएका छन । भोली सम्म मात्र जारी रहने सेवामा भरोषा अस्पत्तालका फिजिसियन डा.दिनेशचन्द्र पोख्रेल र शिक्षण अस्पत्ताल महाराजगञ्जका न्युरो सर्जन डा. प्रेम ज्ञवालीले उपचार सेवा दिइरहनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग