Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सब दोश्रो दिनका आकर्षणहरु (फोटो फिचर)

Published on 8:00:00 PM //

महोत्सवमा इतिहास: गुल्मी जिल्लाको तम्घासमा आइतवार देखि शुरु भएको गुल्मी महोत्सवको दोस्रो दिन ऐतिहासिक मुसिकोट दरबारको संग्राहलयमा राखिएका हतियार प्रदर्शन गर्दै । तस्विर: घनश्याम गौतम
हाम्रो पहिचान: महोत्सवको दोस्रो दिन लोप हुँदै गएको कुमालेको चक्र हेर्दै युवाहरु । अन्य भाँडाहरुको प्रयोगले जिल्लाका एक दर्जन गाविसमा कुमाल जातीले निर्माण गर्ने माटाका भाँडाहरु लोप हुँदै गएका छन् । यस्ता सामाग्रीहरु महोत्सवको अन्तिमदिनसम्म प्रदर्शनीका लागि राखिएका छन् । तस्विर: घनश्याम गौतम

सम्मान कलाको: गुल्मी महोत्सबमा आफ्नो कला प्रस्तुत गर्दै स्पेक्टर्म काठमाण्डौका कलाकारहरु । महोत्सवका लागि काठमाण्डौबाट आएका उनीहरुले जिल्लाको धार्मिक एवं पर्यटकिय स्थल रेसुङ्गाका ऐतिहासिक मठ मन्दिरहरु, प्राकृतिक स्वरुप र अन्य पर्यटकिय स्थलहरुलाई कला मार्फत चित्रमा प्रस्तुत गरेर महोत्सवमा प्रदर्शनीका लागि राखेका छन् । तस्विर: घनश्याम गौतम
महोत्सवमा इतिहास: ऐतिहासिक मुसिकोट दरबारको संग्राहलयमा राखिएका यस्ता हतियारहरु बडादशैंको अवसरमा सराँय नाचमा प्रयोग गर्ने गरिन्छ । तस्विर: घनश्याम गौतम
































भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग