Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी विकास बैंकको प्रथम बार्षिक साधारण सभा सम्पन्न

Published on 3:00:00 PM //


शिबलाल सुबेदी
गुल्मी विकास बैंकको प्रथम वार्षिक साधारण सभाले अच्युतराज जोशीको अध्यक्षतामा आगामि ४ बर्षको लागि सञ्चालन समिती चयन गरेको छ ।

आईतबार सम्पन्न साधारण सभाले अच्युतराज जोशीलाई अध्यक्ष पदमा चयन गरेको हो । जसका सदस्यहरुमा राम प्रसाद पन्थी, सीता भुसाल, सगीता ज्ञवाली, यज्ञप्रसाद पन्थी लगायत रहेका छन । साधारण सभामा गुल्मी विकास बैंकका सञ्चालक समितीका सदस्यहरु, सम्पुर्ण शेयर धनीहरु लगायतको उपस्थिति रहेको थियो । साथै साधारण सभाले आर्थिक वर्ष २०६६/०६७ को वार्षिक आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । नयाँ सञ्चालक समितीको पहिलो बैठक समेत आईतबार नै बसेको छ । 
गुल्मी जिल्ला कार्यक्षेत्र रहने गरी स्थापित गुल्मी विकास बैंकले नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र प्राप्त गरी मिति २०६६/६/८ वाट कारोवार सुरुवात गरेको हो । यस बैंकको अधिकृत पुंजी रु.१० करोड रहेको छ भने जारी पुंजी रु.२ करोड एवं चुक्ता पुंजी रु.१ करोड ४० लाख रहेको छ । यस विकास बैंकले ग्राहकहरुले सुबिधाका लागि किष्ट बैंक, भृकुटी विकास बैङ्ग र सेवा विकास बैङ्गसगँ सहकार्य गरि रकम स्थानान्तर गर्ने ब्यवस्था मिलाइ सेवा सुबिधा दिदै आएको छ भने रु १ लाख बराबरको दुर्घटना विमा र रु २ लाख सम्मको निक्षेपको सुरक्षण हुने ब्यवस्था गरेको छ । 
जिल्लाको सदरमुकाम तम्घासमा प्रधान कार्यलय रहेको यस बैङ्गले जिल्लाका तुराङ्ग मजुवा र वामीटक्सारमा आफ्नो शाखा बिस्तार गरि ग्रामीण क्षेत्रका जनताहरुलाई समेत सेवा दिदै आएको छ । बैङ्गले हालसम्म रु १७ करोड निक्षेप सकंलन गर्नुका साथै रु १३ करोड ऋण लगानी गरेको छ भने ८ हजार ५ सय ग्राहकहरुलाई सेवा दिएको बैङ्गका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले जानकारी दिएका छन ।
 बैङ्गले विपन्न बर्गका महिलाहरुलाई आर्थिक सशक्त्तिकरण गर्नका लागि आफ्ना २ गा्रमिण शाखाबाट लघुबित्त कार्यक्रम समेत सञ्चालन गरि ५० बटा केन्द्र अन्र्तगत १ हजार ५ सय महिलाहरुलाई समुहबद्ध गरि आयआर्जन क्रियाकलापमा सहभागी गराएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग