Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवमा स्थानीय कला, संस्कृतिमा दर्शकको चासो, ३ करोड १० लाखको कारोबार

Published on 8:53:00 PM //


गगनशिला खड्का
महोत्सव सुचना केन्द्र 
धार्मिक पर्यटकीय स्थलको प्रवर्धन र जिल्लाको समग्र व्यापार गर्ने उद्देश्यका साथ गुल्मी जिल्लाको तम्घासमा बैशाख ४ देखि संचालन भैरहेको गुल्मी महोत्सवको आज सातौं दिन अहिलेसम्मकै बढी दर्शकले अवलोकन गरेका छन् ।

महोत्सवमा अहिलेसम्म झण्डै ३ करोड १० लाखको कारोबार भएको र ७५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले बताउनु भयो । उद्योग वाणिज्य संघको आयोजना, जिविस र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजनामा तम्घासको चिदिचौरमा संचालन भैरहेको महोत्सवको भोली समापन हुँदैछ । गुल्मीको पहिलो महोत्सवमा घरेलु एवं स्थानीय सामाग्रीहरुको प्रदर्शनी, प्रविधि, लोपोन्मुख सामाग्रीहरु, कला, संस्कृति लगायतका १ सय १० स्टल राखिएका छन् । ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार’ नाराका साथ वाणिज्य संघले जिल्लामा पहिलो पटक महोत्सवको आयोजना गरेको हो । 
हरेक दिनको राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले पनि महोत्सवमा रौनक थपेको छ । यसै विच आज चर्चित नायक दिलिप रायमाझी,नायिका सुजता सिटौला,लोकपप तथा आधुनिक गायक रामचन्द्र काफले,लोक गायक पुरुषोत्तम न्यौपाने र गुल्मेली गायिका बन्दना पाण्डेयको प्रस्तुती रहेको थियो। साँस्कृतिक कार्यक्रम तर्फ पूरुषोत्तम न्यौपाने र मन्जु पौडेलको मै दिउँला जोवान मायाँ लाको हो भन्ने गितको दोहरीले दर्शकहरुलाई मनोरञ्जन प्राप्त भएको थियो। त्यस्तै महोत्सवमा बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, साहित्यकारहरुको जमघटले पनि मेला आर्कषक बनेको छ । 
यसैविच बैशाख ४ गतेदेखीनै सञ्चालित बृहत स्वास्थ्य शिविर अन्र्तगत शिक्षण अस्पत्ताल महराजगञ्ज,लुम्वनी मेडिकल कलेज र भरोसा अस्पत्तालको सहयोगमा सञ्चालित आङ्ग खसेका महिलाहरुको शिविरमा ६ सय २१ जनाले सेवा लिएका छन । जस अन्तर्गत आङ् खसेका महिलाहरुको शल्यक्रिया २, जनरल सर्जरी २१ जना यु.एस.जी ६५,इन्डोसकपी ५१,इसीजी ६० जनाको प्रेम ज्ञवाली र दिनेशचन्द्र पोख्रेलले गर्नुभएको थियो ।
 यस्तै दोश्रो चरणमा लायन्स क्लव अफ गुल्मी र नेत्र ज्योती संघको सहयोगमा सञ्चालित तालु फाटेकाहरु को शिविरमा ३ सय ८६ जनाले उपचार सेवा लिएको स्वास्थ्य समिति संयोजक शेर बहादुर थापाले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग