Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"दलहरुमा एकता नभएका कारण मुलुक र प्रजातन्त्र कमजोर": सुजता कोइराला

Published on 7:07:00 PM //

जनार्दन घिमिरे
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाले वर्तमान अवस्थामा राजनितिक दलहरुमा सहमति, एकता र सहकार्य नभएका कारण मुलुक र प्रजातन्त्र कमजोर भएको वताउनु भएको छ ।

उहाँले मुलुक र प्रजातन्त्र कमजोर भएको अवस्थामा मुलुकलाई वचाउनकालागि राष्ट्रिय सहमति गरि अगाडि वढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो । गुल्मी उद्योग वाणिज्य संघको आयोजना र जिल्ला विकास समिति तथा रुरु-रेसुङ्गा क्षेत्र संरक्षण तथा प्रर्यटन विकास समित गुल्मीको सह-आयोजनामा गत वैशाख ४ गतेदेखि संचालन भएको प्रथम गुल्मी महोत्सवको आज समापन समारोहमा वोल्दै नेतृ कोईरालाले उक्त कुरा वताउनु भएको हो ।
कार्यक्रममा नेतृ कोईरालाले शान्ति प्रकृयालाई टुंङ्गोमा पुराउने र संविधान लेख्ने काम वाँकि रहेको भन्दै उक्त काम सम्पन्न गर्नका लागि सवै दलहरुले आ-आफ्ना विचारलाई थाति राखेर अगाडि वढ्नु पर्ने समेत वताउनु भयो । उहाँले संविधान लेख्नेकाम सकिएको भन्दै सवै दलहरुले चाहेको
खण्डमा ४ दिनमै संविधान टुंगाउन सकिने समेत वताउनु भएको थियो । नेतृ कोईरालाले आज सदरमुकाम तम्घासमा नेपाली काग्रेस गुल्मीले आयोजना गरेका पार्टी प्रशिक्षण कार्यक्रममा समेत सहभागि भई काँग्रेस कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग