Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रवृति पाएनन् दलित विद्यार्थीले

Published on 9:27:00 PM //

पि.एम.मगर
गुल्मीको विरवास गाविसमा रहेको एक विद्यालयले शैक्षिक सत्र २०६६ को दलित छात्रवृति रकम हालसम्म वितरण नगरी खातामा राखेको खुलासा भएको छ ।

विरवास गाविस वार्ड नं. ३ रुमपोखरामा रहेको रत्न प्राथमिक विद्यालयले यसरी दलित छात्रवृति रकम हालसम्म वितरण नगरेको हो । हालसम्म पनि दलित छात्रवृति रकम वितरण नगरेपनि खोजी गर्ने क्रममा सो विद्यालयले उक्त रकम विद्यालयकै खातामा राखेको खुलासा भएको हो । यस संवन्धमा आज दलित साझा मञ्च विरवास गुल्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ अर्याल, प्रधानाध्यापक विरवहादुर कार्कीसँग जानकारी मागपछि उक्त रकम विद्यालयको खातामा रहेको जानकारी गराएका थिए । 
अन्य विद्यालयहरुमा छात्रवृति रकम वितरण गरिसक्दा पनि त्यस विद्यालयले हालसम्म पनि उक्त रकम किन वितरण नगरेको भन्ने प्रश्नमा प्रधानाध्यापक कार्कीले विद्यार्थी भर्ना संगसंगै छात्रवृति वितरण गर्दा विद्यार्थीको संख्यामा वृद्धि हुन्छ की भन्ने उद्देश्यले ढिलो गरिएको वताउनुभयो । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले भने यस भन्दा अगाडी आफुलाई कुनै जानकारी नगराईएको र यो सवै प्रधानाध्यापक कार्कीकै कमजोरीका कारण भएको प्रतिकृया दिनुभयो । उहाँले खातामा रहेको दलित छात्रवृति रकम निकासा गरी तत्काल वितरण गरिने वताउनुभयो ।
यता दलित साझा मञ्च विरवासले भने दलित विद्यार्थीहरुको छात्रवृति रकम १८ प्रतिशत हर्जना सहित वुझाउनुपर्ने र आफुले गरेको कमजोरीप्रति अभिभावकहरुसंग माफी माग्नुपर्ने माग गरेको छ । त्यस विद्यालयमा कुल विद्यार्थी मध्ये ६० जना दलित विद्यार्थीहरुले अध्ययन गर्दै आएको न्युटन वरालीले वताउनुभएको छ । साथै दलित साझा मञ्चको आह्वानमा १२ गते सोमवार अभिभावक भेला हुने मञ्चका अध्यक्ष नेत्र सुनारले वताउनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग