Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चौथो दिन ६१ लाखको कारोबार, आजसम्मकै बढी कारोबार

Published on 6:44:00 PM //

गगनशिला खड्का
महोत्सव सुचना केन्द्र
गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार भन्ने मुल नाराका साथ आईतारदेखी शुरु भएको प्रथम गुल्मी महोत्सवको चौथो दिन आज ६१ लाखको आर्थिक कारोबार भएको छ भने ६ हजार ७ सय दर्शकले महोत्सवको अवलोकन गरेका छन ।
बैशाख ४ गतेदेखी ११ गते सम्म सञ्चालन हुने महोत्सवको चौथो दिन दर्शकहरुको आर्कषणको रुपमा फाइवर व्ल्याङ्गकेट र अटो मोवाइल रहेका छन । तम्घासमा नियमित पानी परेर पनि होला महोत्सवको चौथो दिन आज भने दर्शकको आर्कषको रुपमा फाइवर व्याल्याङ्गकेट रहेको स्टल निर्माण समितिका संयोजक तारा प्रसाद भुषालले जानकारी दिनुभयो ।
महोत्सव शुरु भएदेखी नै सबैभन्दा बढिको आर्थिक कारोबार आज चौथो दिन भएको महोत्सव सचिवालय संयोजक कृष्ण प्रसाद पोख्रेलले बताउनुभयो । टिकट काटेर मात्र महोत्सव अवलोकन गर्ने दर्शकहरु मध्ये सबैभन्दा वढि दर्शकको सहभागीता आज भएको छ ।
सदरमुकाम तम्घासमा रहेका १ सय १० स्टलमध्ये अपाङ्ग, घरेलु, कृषी, बन, पुस्तक प्रर्दशनि चित्रकला लगाएतका १५ स्टल आयोजकले निशुल्क रुपमा उपलब्ध गराएको छ । साथै महोत्सवमा कृषी प्रर्दशनी, ढाका कपडा, कुमालेहरुको माटोका भाँडा बनाउने चर्खा, गुल्मी कै हाडहाडेका महिलाहरुको चिउरीको घिउ फेल्ने परम्परागत कोल, गिठीका ठेका, आरी, मदानी जस्ता लोपउन्मुख परम्परागत वस्तहरु, पिङ्ग, सर्कस दर्शकहरुको आर्कषणका केन्द्र बनेका छन । 
आज चौथो दिन गुल्मीको क्षेत्र ३ जैशिथोक गाउँ विकास समितिले भजन प्रस्तुत गरेको थियो। त्यस्तै शिविरकै अवसर पारेर बुधवार देखि बृहत आ“खा परिक्षण शिविर शुरु गरिएको छ ।  आँखा शिविरको पहिलो दिन झण्डै १ सय १० परिक्षण गराएका छन् भने २० जनाको मोतिया बिन्दु र १ जनाको माइनर अप्रेसन गरी २१
जनाको अप्रेसन गरिएको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताउनुभयो । भोली २५ जनाको अप्रेशन गरिने शिविरमा सर्जन अर्जुनमल्ल भारीले बिरामीको परिक्षण र अप्रेसन गर्नुभएको थियो । आ“खा शिविर शुक्रवारसम्म चल्ने आयोजकले जनाएको छ । स्वास्थ्य एवं आँखा शिविरमा सेवा लिएका बिरामीहरुलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराईएको शिविर संयोजक थापाले बताउनुभयो ।  
महोत्सवलाई स्वास्थ्य शिविरसँगै स्थानीय लोपोन्मुख सामाग्री तेल पेल्ने काठको कोल, कुमालेको चक्र, स्थानीय उत्पादन, हस्तकलाका सामाग्री, खशीको छालाको खँलातीबाट चल्ने आरन, कलाकर्मीहरुको संस्था स्पेक्ट्रम काठमाण्डौ स्थानीय स्तरमै आएर तयार पारेका चित्र, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती लगायतले निकै आर्कषक बनाएको छ । 
आज साँस्कृतिक तर्फ आधुनिक गायक रुपक डोटेल, हास्यकलाकार कमल गाउँले ”बलाराम“ लोकदोहरी तर्फ विरु लामा, सम्झना लामिछाने, रामचन्द्र चन्द, मञ्जु पौडेल लगाएतका कलाकारहरुको प्रस्तुती रहेको थियो भने भोली चर्चित आधुनिक गायक रामकृष्ण ढकाल, दोहोरी गायिका टिका पुन, बैकुण्ठ महत हास्यकलाकार जोगेन्धर र मुलासागको प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
यस्तै गुल्मी जिल्लमा पहिलो पटक शुरु भएको प्रथम रम्वा गुल्मी तारा प्रतियोगितामा चौथो दिन सम्म २ जना सहभागी बाहिरिएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग