Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सब प्रचार तिब्र; गुल्मी, रुपन्देही र चितवनमा पनि मोटरसाइकल र्‍याली निकालिने

Published on 12:53:00 PM //

महोत्सब सुचना केन्द्र
प्रथम गुल्मी महोत्सव २०६८को प्रसार प्रसार समितिले प्रसार-प्रसारका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ ।
समितिको बैठकले चितवन र रुपन्देहीमा प्रचार प्रसारका लागी मोटरसाईकल र्‍याली निकाल्न चितवन गुल्मी सम्पर्क समिति र रुपन्देही गुल्मी सम्पर्क समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले यहि बैशाख १ गतेदेखी गुल्मी जिल्लाका विभिन्न रुटमा २ वटा जिप परिचालन गर्ने निर्णय गरेको छ । जसअनुसार बैशाख १ गते गुल्मीको सदरमुकाम तम्घास देखी रिडीसम्म करीब ४ सय मोटरसाईकलका साथ मोटरसाईकल र्‍याली निकाल्ने निर्णय गरेको छ ।
महोत्सब प्रचारका लागि काठमाडौँमा निकालिएको मोटरसाइकल र्‍याली 
साथै ३ र ४ गते तम्घास हुँदै एउटा जिप रिडी, वामीटक्सार, शान्तीपुर, तम्घास, छल्दीपनाहा, सिमलटारी, वाग्ला, पुर्कोटदह, धुर्कोट, जैशिथोक तम्घास क्षेत्रमा प्रसार—प्रसार गर्ने जनाइएको छ । यस्तै ३ गतेदेखी तम्घास, चारपाला, खर्ज्याङ, चिदिका, बलकोट केरुङ्गा, अर्घातोष, खनदह, चेक्मी, नेटाखर्क हुदै तम्घास र तम्घास, घमिर, इश्मा, हार्पुकोट, मल्दी, मुसीकोट, वडाँगाउँ, राजडाँडा, तम्घासमा सञ्चालन गर्र्नै प्रचार—प्रसार समितिका संयोजक दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो । बैठकले स्वागतद्धार निर्माण समितिलाई ३५ वटा स्वागतद्धार निर्माणका लागी अनुरोध गरेको छ । यसैविच आर्थिक समितिको बैठकले प्रथम गुल्मी महोत्सवका लागी सम्भावित आयव्यय विवरण माथी व्यापक छलफल गरेको छ । आर्थिक समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले सम्भावित आम्दानी ३२ लाख र सम्भावित खर्च ३६ लाख लाग्ने अनुमान गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग