Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सब नजिकिँदै गर्दा पर्यटकिय क्षेत्रमा बढ्यो चहलपहल

Published on 12:44:00 PM //

महोत्सब सुचना केन्द्र
नेपाल पर्यटन वर्ष २०११को सन्दर्भमा गर्न लागीएको प्रथम गुल्मी महोत्सव २०६८ नजिकिँदै गर्दा गुल्मी जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुमा पनि मानिसहरुको चहलपहल बढ्दै गईरहेका छ ।
गुल्मी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकिय स्थल रुरु क्षेत्र, रेसुङ्गा, अर्जुन भगवती, धागीथुम, चोयगा, छत्रमहाराज, कुर्घा मालिका, मर्भुङ्ग मालिका, चारपाला, दिव्रुङ्ग लगायतका स्थानमा आन्तरिक पर्यटकहरुको चहलपहल बृद्धी भएको हो।
 प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपुर्ण जिल्लामा गुल्मी महोत्वसवको आगमन संगै गुल्मीका धार्मीक एवम पर्यटकिय स्थल चारपाला दरवार, धुर्कोट, मुसीकोट, इश्माकोट लगायतका स्थानमा पर्यटन प्रवर्द्दनका लागी तयारी तिव्र पारिएको छ । 
गुल्मी जिल्लामा महोत्सवको समय अवधिभर रहेर पर्यटकहरुलाई लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो स्थान थाप्लेको लेक, विचित्र गुफा, नेपालकै चारधाम मध्ये एक धाम रिडी, रेसुङ्गा, कुर्घा मालिका, कङ्गके देउराली लगायतका स्थानहरुको अवलोकन गराईने प्रथम गुल्मी महोत्सव मुल आयोजक समिति सचिवालयका महासचिब कृष्ण प्रसाद पोख्रलले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग