Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजुवामा जीप दुर्घटना

Published on 10:27:00 PM //

१२ घाईते, ३ को अवस्था गम्भिर
पी.एम.मगर
गुल्मीको मजुवा नजिकै जीप दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् भने ४ जनाको अवस्था गम्भिर रहेको छ ।

सदरमुकाम तमघासवाट तुराङ गाविसको मजुवातर्फ जाँदै गरेको लु १ ज १६१० नम्वरको जीप जुभुङ्ग गाविस वार्ड नं. अन्तर्गत वडीघाट खोला नजिकै दुर्घटनामा परेको थियो । घुम्टी मोड्ने क्रममा व्रेक फेल भएपछि जीप सडकमा पल्टिएको थियो । 
गम्भिर घाईतेहरुमा तुराङ गाविस सचिव लोकनाथ पोखरेल, रुपाकोट ६ का ७५ वर्षीय दुर्गाप्रसाद भण्डारी र तुराङ्ग १ मजुवाकी १३ वर्षीया वालिका सुष्मा अर्याल रहेका छन् । त्यस्तै आँपचौर ५ का राजु खरेल, खड्कोट ३ का कृष्णप्रसाद ज्ञवाली, आँपचौर ५ का कल्पना अर्याल, सोही स्थानका विष्णु अर्याल, जुभुङ्ग १ का सागर पाण्डे, तुराङ ८ का भिमकान्त सापकोटा, खड्गकोट २ का कविराज ढकाल, सोही स्थानका घनश्याम ढकाल, शान्तिपुर ८ का टेकवहादुर थापा सामान्य घाईते भएका छन् ।
घाईतेहरुको अहिले रुद्रावती अस्पताल मजुवामा उपचार भईरहेको मजुवावाट तारा वस्नेतले जानकारी गराउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग