Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

Published on 7:05:00 PM //

पी.एम.मगर
पश्चिमाञ्चलको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर मा चैत्राष्टमी मेलाको पुर्व सन्ध्यामा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
हरेक चैते दशैको अष्ठमी र नवमीका दिन विशेष पुजाआजा हुने यस मन्दिरमा चैत्राष्टमीको पुर्वसन्ध्यामा आजदेखि नै दर्शनार्थीको घुइचो लागेको हो । सबैजसो वर्ष चैतेदशैमा लाग्ने पुजाआजाका लागि देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि दर्शनार्थी आउने भएकाले मन्दिरमा भिड लाग्ने गरेको छ । मन्दिरको भित्रै गएर पुजाआजा गर्नाले मनले चिताएको पुग्ने जन विश्वासका कारण दर्शनार्थीहरु भीड भाडका साथ घण्टौ लाइनमा बसेर मन्दिरमा पुजाआजा गरिरहेका छन् । दर्शनार्थीहरुलाई सहज तरिकाले पुजाआजा गर्ने व्यवस्था मिलाउनका लागि स्वयमसेवक, प्रहरी खटाएर लाइनलाई व्यवस्थित गर्ने काम भईरहेको छ भने सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरी सक्रिय रहेको छ । यता प्रहरीले मन्दिरमा कुनैपनि अप्रिय घटना नहोस भन्ने उद्देश्यले प्रहरी नायव निरीक्षक चित्रबहादुर केसीको कमाण्डमा प्रहरी टोलीलाई खटाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग