Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘जनताको संविधान नलेखिए बिद्रोह’: दिनानाथ शर्मा

Published on 7:07:00 PM //

घनश्याम गौतम 
माओवादी स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता दिनानाथ शर्माले कांग्रेस एमालेले माओवादी विरुद्ध भ्रम छरेर जनताको संविधान लेख्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । 

उनले जनताको संविधान नलेखिए आफुहरु सभाषदको कोट फुकालेर बिद्रोहमा जाने चेतावनी समेत दिए । जनआन्दोलन दिवसको अवसरमा देशभर जनसभा शुरु गरेको माओवादीले शनिवार शान्तिपुरमा आयोजना गरेको जनसभामा बोल्दै प्रवक्ता शर्माले कांग्रेस एमाले शान्ति र जनताको संविधान निर्माणमा उदासिन बन्दै गएको बताए । ‘कांग्रेस र एमालेका साथीहरु जनताको संविधान लेख्नै नखोज्ने अवस्थामा हुनुहुन्छ’, शर्माले भने, ‘तर हामीहरु जनताकै संविधान लेखिनुपर्छ भन्न अडानमा छौ, त्यसैले संविधान निर्माण कार्यमा प्रगती हुन सकेको छैन ।’ 
शर्माले थुप्रै पटक संविधान लेखिएको भएपनि ति संविधान जनताको पक्षमा नभएको भन्दै अब बन्ने संविधान जनताकै पक्षमा लेखिनु पर्नेमा जोड दिए । उनले जनताको पक्षमा संविधान नलेखिए विद्रोह गरेरै भएपनि जनताको अधिकार सुनिश्चित गर्ने दावी गरे । ‘अन्यथा हामीहरु अहिले लगाएको सभाषदको कोट फुकालेर तपाईहरुकै माझमा बिद्रोहका लागि आउने छौं ।’, उनले भने । प्रवक्ता शर्माले नेपाल अझै पनि अर्धसामान्ती र
अर्धउपनिवेसिक देश रहिरहेको उल्लेख गर्दै भारतीयमा नेपाली कुटिनु, सिमा अतिक्रमण बढ्दै जानु भारतीय हस्तक्षेप भएको बताए ।
उनले भारतले सिमा अतिक्रमण गर्दै गए नेपाली जनताहरु फेरी एक पटक अमरसिंह थापा र भिमसेन थापा जस्तै रगत बगाउन तयार हुनुपर्ने समेत बताए । शर्माले अव वन्ने संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी हुनुपर्ने कुरामा जोड् दिदै युवाहरु विदेश पलायन हुनवाट रोकिनुपर्ने बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग