Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाइते मन्त्रीलाई भेटेपछि प्रधानमन्त्रीले भने-'अपराधी उम्किने छैन'

Published on 2:34:00 PM //

प्रधानमन्त्री झलनाथ खनालले अज्ञात समूहको आक्रमणबाट घाइते भएका  नवनियुक्त उर्जामन्त्री गोकर्ण विष्टलाई अस्पतालमा भेटेका छन् ।
अज्ञात समूहले सोमबार साँझ विष्टमाथि गोंगवु टाउनप्लानिङस्थित घर नजिकै खुकुरी प्रहार गरी आक्रमण गरेका थिए ।
सोहृखुटेस्थित मनमोहन अस्पतालमा उपचाररत विष्टलाई भेटेपछि प्रधानमन्त्री खनालले आक्रमणकारीहरु चाँडै कानूनी दायारामा आउने बताए । उनले अपराधी उम्किन नसक्ने दावी गरे । उनले आक्रमणकारीको तदारुकताका साथ खोजी भइरहेको जनाए ।
 केही दिन यता राजधानीमा आपराधिक गतिविधि बेढेको छ । आइतबार साँझ न्यु प्लाजा भित्र गोली हानी व्यवसायी अन्जनीकुमार चाचानको हत्या गरिएको थियो ।
स्रोत: ईकान्तिपुर 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग