Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन्दिर पुगेकी दलित महिलामाथी कुटपिट

Published on 2:48:00 AM //

जनार्दन घिमिरे
चैते दशैको अवसरमा पुजाका लागी मन्दिर पुगेकी दलित महिलामाथी छोईएको भन्दै गुल्मीमा निर्घात कुटपिट गरिएको छ । 

गुल्मीको धुर्कोट बस्तु गाविस वडा नं. ६ निवासी ४५ वर्षिय सेती विश्वकर्मालाई कालीका मन्दिरमा पुजाका लागी गएको बेला छोईएको भन्दै सोही गाविसको सात घर भएका पुजा व्यबस्थापन समितीका पदाधीकारीले निर्घात कुटपिट गरेका हुन् । चैते अष्ठमीको दिन कालीका मन्दिर पुगेकी विश्वकर्मालाई मन्दिर व्यबस्थापन समितिका उपाध्यक्ष ओम प्रसाद भण्डारी लगायतका व्यक्तिहरुले निर्घात कुटपिट गरेको पडीत विश्वकर्माले वताएकि छन् ।
ढोकामा उभिएर पुजा भेटी दिँदै गर्दा भण्डारीले आफूलाई छोईएको भन्दै त्यहाँबाट गलहत्याउँदै बाहिर निकालेर लाठीले हिर्काएको पिडीत महिलाले वताएकि छन् । तम्घास अस्पत्तालमा भर्ना गरीएकी विश्वकर्माको खुट्टाको माथील्लो भागमा लाठीका निलडाम रहेका छन् । उनको घाउ निको हुन केही दिन लाग्ने अस्पत्तालले जनाएको छ । प्रत्यक्षदर्शी गोर बहादुर सुनारका अनुसार ढोकामा उभिएर पुजा भेटी दिँदा छोईएको भन्दै भण्डारीले कुटपिट गरेका थिए । गतवर्ष पनि स्थानिय ब्राह्मण समुदायले दलितलाई मन्दिरमा छोईने भन्दै स्थानिय तारा बहादुर सुनारलाई समेत आक्रमण गरेको टिका विकले वताए । 
कुटपिट गर्ने भण्डारीलाई बस्तु प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । यस घटना प्रति दलित साझा मञ्च
गुल्मीले घोर भत्र्सना गरेको छ । कुटपिट गर्ने व्यक्तिलाई कानुनी कार्वाहीको दायरामा ल्याउन यदि कुनै पक्षले संरक्षण गर्न खोजे जस्तो सुकै मुल्य चुकाएर पनि बदला लिइने दलित अधिकारकर्मिहरुले चेतावनी दिएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग