Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागी नियन्त्रण नहुँदा दुई बस्ती खतरामा

Published on 7:09:00 PM //

शिबलाल सुबेदी

गुल्मीको ठुलोलुम्पेक गाविसका जंगलमा हिजो देखि लागेको आगो नियन्त्रणमा नआउँदा दुई बस्ती नै खतरामा परेका छन् । 

शुक्रबार दिउसो अस्लेवा गाविसको हुक्रय जंगलबाट शुरु भएको आगो आज ठुलोलुम्पेक गाविसको वार्ड नं. ७ को धनुबास र खास्तुङ्ग बस्ती नजिक पुगेको हो । स्थानीय मनबहादुर राहाडीका अनुसार आगो बस्ती भन्दा १ सय मिटर मात्र टाढा छ । आगोले धनुबासका ४० घर र खास्तुङ्गका ८ घर खतरामा पारेको छ । चारै तिरबाट आगोले घेरेको र हावा हुरी बढी लागेका कारण बस्ती जोगाउन समस्या परेको समेत राहाडीले जानकारी दिएका छन । 
आगोले दुई दिनमा अस्लेवाका जंगलसंगै ठुलोलुम्पके गाविसका बागेकोबन, हचिङ्गकोटको जंगल थुम्काको जंगल नष्ट गरिसकेको छ । प्रहरीले भने गाउँ टाढा भएकाले उद्धारका लागि प्रहरी पुग्न ढिला भएको जनाएको छ । दुई साता अघि पनि ठुलोलुम्पेक गाविसको गुलम्दी गाउँमा लागेको आगोले ८ घर र ९ गोठ नष्ट गरेको थियो । स्थानीय मनबहादुर राहाडीका अनुसार आगोले बागेको जंगल नष्ट गरेर गाउँको झण्डै एक सय मिटर नजिक आईसकेको बताएका छन । आगो नियन्त्रणका लागि दुई दिन देखि नै तिन वार्डका बासिन्दाले पहल गरेपनि हावा हुरीकै कारण आगोलागी नियन्त्रण भन्दा बाहरि रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग