Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले हस्तिचौर- १ मा सारु

Published on 7:47:00 PM //


मनोज बस्नेत
नेपाल कम्युनिष्ट पार्टि एमाले हस्तिचौर गाउँ कमिटीले सञ्चालन गरेको बैचारिक तथा सगंठनात्मक सुदृढिकरण अभियान अन्तर्गत बुधवार वडा नंम्बर १ को भेला सम्पन्न भएको छ ।

भेलाले तोम बहादुर सारुको अध्यक्षतामा १७ सदस्यीय वाड कमिटी गठन गर्नुका साथै कृष्ण बहादुर सारुको अध्यक्षतामा ७ सदस्यीय सल्लाहाकार कमिटी पनि गठन गरेको छ । वार्ड कमिटीको उपाध्यक्षमा चेत बहादुर सारु, सचिव दान बहादुर सारु र उप–सचिव देव बहादुर कुंवर लगाएत रहनुभएको छ । गाउँ कमिटी सदस्य एंब वाड ईन्चार्ज ईन्द्र बहादुर कुवंरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले ३ नंम्बर निर्वाचन क्षेत्रिय कमिटी सदस्य शोभाखर मरासिनी, हस्तिचौर गाउँ कमिटी अध्यक्ष राम मल्ल ठकुरी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दान बहादुर सारुको सञ्चालनमा सम्पन्न भेलामा गाउँ कमिटी सदस्य शान्ति सारु एवं सल्लाहकार कमिटी सदस्य ओम बहादुर महत लगाएतको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग