Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाँउमै सुन फलाउने धनबहादुर

Published on 10:49:00 AM //

देव पचभैया
भार्से ५ मयालडाँडा गुल्मीका धनबहादुर पुन ९५१०ले बिगत ५ बर्ष देखी बिश्वमै लोप हुन लागेको अगरउड नामक रुखको बिरुवा उत्पादन र कलमी गर्दै आएका छन् ।


२० बर्ष अघि देखि थाईल्यान्ड बस्दै आएका उनका कान्छा भाई रतन पुनले परिक्षणको लागी नेपाल लिएर आएको बिरुवा राम्रो सँग हुर्किएपछि उनले राम्रो संभाबना देखेर त्यसैको बिरुवा उत्पादनमा लागेका हुन् ।

थाईल्यान्डको अलहारामैन पर्फेम नामक कम्पनीमा अगरउड बाट उत्पादित बिभिन्न सामाग्री बिक्रि गर्दै आएका रतनको सल्लाहा अनुसार धन बहादुरले अहिले ८० लाख खर्च गरेर ९ सय रोपनी जग्गामा बिरुवा लगाएका छन् । रतनका अनुसार यसको प्रशोधन पछि बिभिन्न औषधी, अत्तर, तेल तथा अत्यन्तै महङ्गा सामाग्री बन्न सक्छन् । अगरउड प्रशोधन पछि एक केजीको एक करोड भन्दा बढि पैसा पर्ने थाहा पाएर आफुले यतिका खर्च गरेर यो बिरुवाको खेती गरेको धन बहादुर बताउँछन् । "बिदेशमा राष्ट्र प्रमुख या ठुलाबडालाई स्वागत र बिदाई  गर्दा अगरउडको तेलले छर्कने चलन छ रे !" उनि भन्छन्, "सुन भन्दा महँगो भएपछि त्यतातिर लागेको हुँ" ।

कसरी लगाए धन बहादुरले अगरउड ?
२० बर्ष अघि कोरीयाको लागी काम गर्न हिडेका धन बहादुरका कान्छा भाई रतन दलालीले फसाएपछि थाईल्यान्ड पुगे । उनले काम गर्ने अलहारामेन पर्फेम कम्पनीमा अगरउड नामक बोटबाट उत्पादित बिभिन्न सामाग्रीहरु बिक्रि बितरण हुने गर्थ्यो । निकै महँगा तेल, अत्तर उत्पादन हुने अगर उड १५ बर्ष अघि रतनले चितवन रहेकी कान्छी बैनीको घरमा २ वटा बोट लगाएका थिए । त्यहिँबाट कलमी गरेर धन बहादुरले ६ बर्ष अघि आफ्नो घर १५ सय मिटर उचाइमा रहेको गुल्मीको भार्सेमा सारे । त्याहाँ पनि राम्ररी हुर्किन थालेपछि रतनले थाईल्यान्ड बाट दुई हजार बिरुवा गुल्मी पठाए । उनले २ बर्ष अघि क्याम्बोडिया, भियतनाम, अछामको सिलेट लगायतका स्थानबाट प्रति बिरुवा ५ सय तिरेर १० हजार बिरुवा लगाएका थिए । अहिले भारतको अछाम हुजाईलँकाबाट मफासिया, ४५ र भिलाल, २४ दुई जना नर्सरी बिज्ञलाई घरमै राखेर १ लाख जति नर्सरी गरेका छन् । गाँउमा फालिएको सात सय रोपनि जग्गा किनेर २ लाख बढि बिरुवा रोपेका छन् । उनको नर्सरिमा पाँच जनाले स्थाई रोजगार पाएका छन भने बिरुवा उत्पादन र सार्ने बेलामा ३०-४० जनाले रोजगारी पाईरहेका छन् ।

के हो अगर उड ?
खयर, सिशौ, साल, जस्तै अग्लो र ठूलो हुन्छ । अगर उड हुर्कन र बढ्न अरुलाई जस्तै समय लाग्छ । हावामा चिसो पन भएको ठाउँहरु विशेष गरी समुन्द्री सतह देखि केही नजिक भएका ठाउँहरुमा यसको विकास छिटो हुने धनबहादुर बताउँछन । पानी र घाम अत्याधिक चाहिने अगरउडको बिरुवा लगाएको एक बर्ष पछि मात्रै बाँच्ने या नबाँच्ने पत्तो पाउन सकिन्छ । पाँच बर्ष पछि दाना फल्न सुरु गर्ने यसको बिरुवालाई ६ मिटरको दुरीमा बिशेस गरी भिरालो ठाउँमा लगाउनु उपयुक्त हुन्छ । बिरुवा लगाएको १८,२० बर्षपछि प्रशोधन गर्न सकिने अगरउड छिप्पिएपछि प्रशोधन गर्नु अझ उपयुक्त हुन्छ । औषधीको लागी केमिकल भन्दा अर्गानिक मलको प्रयोग राम्रो हुने भएकाले धन बहादुरले १५ वटा भैसी, ७ वटा गोरु र ७० भन्दा बढि बाख्रा पालेका छन् ।


को हुन् धन बहादुर ?
बुबा टेक र आमा दुर्गा बाट ५१ बर्ष अघि गुल्मीको भार्सेमा जेठो छोराको रुपमा जन्मिएका धन बहादुर पुर्ब भारतीय सैनिक हुन् । उनका ३ भाई र एक बैनी छन् । दुई छोरा र एक छोरीका बाबु धन बहादुर ९ कक्षा भार्से गुल्मी, एस.एल.सी भारतीय आर्मी स्कुल र दसजोड दुई सेनामै भर्ती भएपछि उत्तिर्ण गरेका थिए । उनका बुबा र माहिला भाईपनि भारतिय सेनामै थिए । पहिले देखी नै कृषि प्रति रुचि राख्ने धन बहादुरले फलफुल खेती गर्ने र गाउँघरका जडिबुटी हुने बोट बिरुवा सँरक्षण गर्दे आएका थिए । १० बर्ष भारतीय सेनामा बिताए पनि उनि घर फर्किएपछि गाउँमै भैँसी  बाख्रा पालेका थिए । उनको यहि लगाब देखेर भाई रतनले नै अगरउडको खेती गर्न सुझाएका रहेछन । गाउँमा समाजसेबीको उपमा पाएका धन बहादुरले जोहाङ देखि भार्से सम्मको १२ किलो मिटर बाटो आफै अध्यक्षतामा खनाएका हुन भने भार्से जनसहयोग माबिको लामो समय ब्यबस्थापन समितीको अध्यक्ष भएर काम गरेका छन् । भगवानको दर्शन गर्न जहाँबाट जो सुकै पनि आउने भए जस्तै अगरउड पनि भगवान जस्तै भएकाले यसको बिक्रीपनि यहीँबाट हुन सक्ने धन बहादुर बताउँछन् । छिट्टै प्रशोधन गर्ने मेसिन ल्याउने सोँचमा रहेका धन बहादुर चिन्तामा परेको बेला यसको धुवाँ लिँदा समेत फाईदा पुग्ने बताउँछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग