Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको पहिलो दिन ४२ लाख रुपैयाँको कारोबार

Published on 8:38:00 PM //

३५ हजार दर्शकद्वारा अवलोकन  

गगनशिला खड्का
महोत्सव सूचना केन्द्र प्रमुख
आईतबारदेखि शुरु भएको प्रथम गुल्मी महोत्सवको पहिलो दिन ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गुल्मी जिल्लाको समग्र बिकासको आधार पर्यटन, धार्मिक स्थलको प्रवद्र्धन, कृषि, उद्योग र व्यापार भन्ने नाराका साथ शुरु भएको महोत्सवमा पहिलो दिन ३५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

जिल्लाको पर्यटन विकाशलाई टेवा पुर्‍याउनुका साथै कृषि, पर्यटन, उद्योग र व्यापारको विकाशका लागी गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा कृषि उपज, पशुजन्य उत्पादन र हस्तकलाका सामाग्री, लगायतको विक्री वितरण भएको जनाईएको छ ।
पर्यटन, संस्कृति, उद्योग, व्यापार, कला, संस्कृति, साहित्य, ईतिहास र पुरातत्व, स्वास्थ्य, शिक्षा सबैलाई समेटेर आयोजना गरीएको महोत्सवमा पहिलो दिनको प्रमुख आकर्षण कुम्हालेहरुको माटाका भाँडा बनाउने चर्खा र कामीहरुको पूरानो आरन खलाँती तथा स्पेक्टम समूहका कलाकारहरुले रेसुङ्गामा एकदिने स्थलगत चित्रकला कार्यशालामा तैयार पारेका गुल्मीका चित्रहरु रहेको स्टल निर्माण व्याबस्थापन समितीका संयोजक तारा प्रसाद भुसालले बताउनुभयो ।
महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री झलनाथ खनालले गुल्मी जिल्ला कृषि, पर्यटनका अतिरिक्त थुप्रै संभावनाहरुले भरिपूर्ण जिल्ला भएको उल्लेख गर्दै गुल्मी जिल्लाको समग्र विकासकोलागि सरकार क्रियाशिल रहने आश्वासन समेत दिनु भएको थियो । गुल्मी कफि खेतीको लागी प्रशिद्ध जिल्ला र धार्मिक, साँस्कृतिक तथा पर्यटकिय दृष्टीले निकै प्रशिद्ध रहेकोले यसको विकाशका लागी आवश्यक पर्ने प्रस्तावहरु ल्याउन र सरकारले यस कुरामा सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री खनालले जिल्लाको सडक, कृषि, पर्यटन लगायतका विविध क्षेत्रमा गुल्मेलीलाई आफ्नो सहयोग सदैव रहने समेत प्रष्ट पार्नुभयो ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजना र जिल्ला विकास समिति गुल्मी, रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा प्रयटन विकास समिति गुल्मीको सहआयोजनामा आयोजीत महोत्सवमा गुल्मी जिल्लाका विभीन्न गाविसका कृषकहरुको कृषि उपज, पशुजन्य उत्पादन, विश्वकै सबैभन्दा महँगो बृक्ष अगर उडको विरुवाहरु, जडिवुटि, अटोमोवाई, खाद्य, होजियारी, घरेलु लगायतका एक सय १० स्टलहरु राखिएको छ । आजदेखि ११ गतेसम्म एकसाता सम्म संचालन हुने महोत्सवमा महोत्सवमा एक करोड ५० लाखको कारोवार हुने दुईलाख दर्शकहरुले मेला अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रथम गुल्मी महोत्सव मूल समारोह समितिका संयोजक कृष्ण प्रसाद भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा केन्द्रिय प्रचारविभाग प्रमुख प्रदिप ज्ञवाली, सभासद् सुर्य वहादुर सेन वली, प्रमुख जिल्ला अधिकारी
परशुराम अर्याल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।
गुल्मेली जनताको आर्थिकस्तर उकास्ने र प्राकृतिक सम्पदाहरुको पहिचान गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको प्रथम गुल्मी महोत्सव आर्थिक उप समिती संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो । गुल्मी जिल्लामा रहेका विभिन्न जातजातीका झाँकी समेत प्रस्तुत गरेको र्‍यालिमा लोप उन्मुख झाँकीको कला प्रर्दशन गरिएको थियो। टुलोलुम्पेकबा झयाउरे नाच ,चोयघाबाट सालैजो, मगर समाज बाट पञ्चेवाजा, वामीटक्सार बाट घाटु, लुम्पेकको कौडा, बलेटक्सारको घोडा नाच र लाखे नाच लगायतका नाचहरु  प्रदर्शन समेत गरीएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग