Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"सत्ता लिप्सा छोडेर संविधान निर्माणमा लाग"

Published on 2:07:00 AM //

घनश्याम गौतम 
नयाँ वर्षको अवसरमा पत्रकार महासंघ, नागरिक समाज, पेशाकर्मीहरुका संगठन सहित जिल्लामा क्रियाशिल एक दर्जन संघ संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गर्दै शान्ति प्रकृया टुङ्गोमा पुर्याइ तोकिएकै समयमा संविधान जारी गर्न प्रमुख राजीतिक दलहरुलाई अपिल गरेका छन् ।

पत्रकार महासंघको अगुवाईमा गैरसरकारी संस्था महासंघ, नागरिक समाज, मानव अधिकारका लागि नागरिक समाजको संजाल लगायतका विभिन्न १३ संघ संस्थाहरुले विज्ञप्ती जारी गर्दै दलहरुलाई अक्रमन्यता र सत्ता लिप्साको राजनीति त्यागेर संविधान निर्माणमा लाग्न आग्रह गरेका छन् ।
‘जिम्मेवार राजनीतिक शक्तिहरु सत्ता प्राप्तीको अभिष्ट पुरा गर्न लागि परेका छन’, संयुक्त विज्ञप्तीमा उल्लेख छ, अझै पनि जनताका भावना, अधिकार र चाहनाहरुमाथि कुठाराघात हुँदै गएमा हामी पेशाकर्मी र नागरिक अगुवाहरु आन्दोलनको नेतृत्व गर्दै सडकमा उत्रन बाध्य हुनेछौं ।’
जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुलाई गुम्न नदिने तर्फ सजग हुन र राजनीतिक दलहरुलाई दवाव दिन समेत नागरिक समाजका अगुवाहरुले सबैलाई अपिल समेत गरेका छन् । नागरिक समाज, श्रमजिवी, पेशाकर्मी, कर्मचारी, बुद्धिजिवी, व्यापारी, उद्योगपती, शिक्षक, विद्यार्थी र संघ संस्था सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न समेत संयुक्त विज्ञप्तीमा अपिल गरिएको छ ।
यस अघि विहिवार नै नेपाल पत्रकार महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै समाजका अगुवाहरुले राजनीतिक दललाई एक ढिक्का भएर संविधान जारी गर्न र शान्ति प्रकृयालाई अगाडी बढाउने तर्फ लाग्न सुझाव दिएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग