Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो गुल्मी दोस्रो बर्षमा

Published on 2:06:00 AM //

"सुचना मनोरञ्जन यो जगतको आवाज, परिवर्तनको संवाहक" भन्ने नारा बोकेको रेडियो गुल्मी ९१ दशलव २ मेगाहर्जले सफलतापुर्वक आफ्नो एक बर्षे प्रसारण पुरा गरी आज दोश्रो बर्षमा प्रबेश गरेको छ । तम्घास १ पुतली बजारमा  स्टेशन रहेको यस रेडियोको टावर गुल्मी जिल्लाकै दोश्रो अग्लो स्थान रेसुङ्गामा रहेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४७ मिटर उचाईमा रहेको टावरका कारण रेडियो गुल्मी लुम्वनी अञ्चलका गुल्मी,अर्घाखाँची,पाल्पा, पाल्पा नबलपरासी कपिलबस्तु लगायत पर्वत दाङ, सल्यान स्याङ्जा कास्की धौलागिरीका ४ र राप्तीका ४ जिल्लामा स्पष्ट सुन्न सकिन्छ भने नेपालका करीब ४० जिल्लामा सुन्न सकिने रेडियो गुल्मीका अध्यक्ष अर्जुन प्रसाद आचार्यले जानकारी दिनुभयो । 
२०६७ साल बैशाख १ गते अर्थात आजकै दिनबाट आफ्नो १२ घण्टे परिक्षण प्रशारण शुरु गरेको रेडियोले क्रमश १८ घण्टा हुदै अहिले लुम्वनी अञ्चलमै २४ घण्टा नियमित प्रशारण हुने रेडियोको रुपमा परिचित छ । गुल्मी मिडिया प्राली द्धारा सञ्चालित रेडियो गुल्मीको अहिले  प्रशारण क्षमता २५० वाट रहेको छ । 
रेडियो गुल्मी दोश्रो वर्षमा प्रबेश गरेको उपलक्ष्यमा रेडियो गुल्मीका अध्यक्ष अर्जुन प्रसाद आचार्यले रेडियो गुल्मीको यो एकवर्षे यात्रामा सहयोग गर्नुहुने श्रोता, विज्ञापनदाता, संघ संस्था, कर्मचारी, संवाददाता, शेयर सदस्य  लगाएतलाई धन्यवाद ब्याक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग