Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी र रुपन्देहीमा पनि मोटरसाइकल र्‍याली सम्पन्न

Published on 2:05:00 AM //

गगनशिला खड्का
प्रथम गुल्मी महोत्सव २०६८ लाई सफल बनाउनका लागी प्रचार-प्रसार समितिको आयोजनामा गुल्मीको सदरमुकाम तम्घास देखी रिडीसम्म मोटरसाईकल र्‍याली आयोजना गरिएको छ ।
यहि बैशाख ४ गते आईतवारदेखी शुरु हुने महोत्सवको पुर्ब सन्ध्यामा बिहीवारै रुपन्देहीको बुटवलमा पनि मोटरसाईकल र्‍याली निकालिएको छ । प्रचार—प्रसार समितिका संयोजक दुर्गा प्रसाद पाण्डेयको नेतृत्वमा निस्केको र्‍याली तम्घास बजार हुँदै गौडाकोट, विरवास, वलेटक्सार हुँदै रिडीसम्म पुगेको थियो । करीब २ सय ब्याक्तिको सहभागीता रहेको र्‍यालिमा गुल्मी उधोग वाणिज्य संघका उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, स्वागतद्धार निर्माण समितिका संयोजक श्याम पाण्डेय लगाएत शिक्षक, पत्रकार, कर्मचारीको सहभागीता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग