Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टिकट नं. ३७३३० लाई मोटरसाइकल उपहार

Published on 9:08:00 PM //


गगनशिला खड्का
प्रथम गुल्मी महोत्सव २०६८ को आर्कषणको रुपमा रहेको मोटरसाईकल बम्पर उपहार चिठ्ठा शुक्रबार खोलिएको छ ।
गुल्मीको सदरमुकाम तम्घासको लाकुरी मञ्चममा खालिएको उक्त मोटरसाईकल बम्पर उपहार ३७ हजार ३ सय ३० नम्वरलाई परेको छ । गुल्मीमा क्रियाशिल प्रमुख राजनैतिक दलका प्रतिनिधीहरु एकिकृत नेकपा माओबादीका भुपाल पोख्रेल, ,नेपाली काँग्रेसका रोम विश्वकर्मा, नेकपा एमालेका शेषकान्त गौतम, राष्ट्रीय प्रजातन्त्र पार्टीका हिम वहादुर चन्द, नागरिक समाजका अध्यक्ष गुणानिधी शर्माले ५ वटा ग्रागीमा रहेका ४० वटा टेबल टेनिस बलहरु एक—एक गरी निकाल्दा सो नम्वर पर्न गएको प्रथम गुल्मी महोत्सव २०६८ का सचिवालय संयोजक कृष्ण प्रसाद पोख्रेलले बताउनुभयो ।
 ५ वटा गग्री मध्ये एउटामा शुन्य देखी ४ र अन्य ४ मा एक देखी ९ वटा टेवुलटेनिस बलहरु राखिएको थियो । उक्त बम्पर उपहार मोटरसाईकल पाउने ब्याक्तिले टिकटमा नम्वर स्पष्ट भएको, गेटमा च्यातिएको भाग बाहेक प्रथम गुल्मी महोत्सव उल्लेख भएको हनुपर्ने, टिकमा गुल्मी उधोग वाणिज्य संघ भएको सक्कल टिकट बमोजिम पुरा टिकट हुनुपर्ने, नटुक्रीएको, उपहार प्राप्त गर्ने ब्याक्तिले आजको मितिबाट ७ दिनभित्र सम्पर्क राख्नुपर्ने, टिकटको अनुसन्धान पछि मात्र बैशाख मसान्तमा उपहार प्रदान गरिने, समय भन्दा पछाडि भएमा उपहार आयोजकको नै हुने लगाएतका नियमहरुको पालना गर्नुपर्नेछ ।
 साथै चिठ्ठामा ५ वटै शुन्य वा ४८ हजार ८ सय २ भन्दा माथीको अंक आएमा पुनः खोलिने पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमममा प्रथम गुल्मी महोत्सव २०६८ बाट बचत भएको ५ लाख रुपैया गुल्मी जिल्लाको पर्यटन विकासका लागी ३० प्रतिशत, तम्घास बजार क्षेत्र सरसफाईका लागी ३० प्रतिशत र वाकी ४० प्रतिशत गुल्मी उद्योग वाणिज्य संघमा रहने गुल्मी उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा महोत्सवमा भएको आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो। 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग