Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"भारतको इसारामा तराईमा आपराधिक समुह सक्रिय": देवकोटा

Published on 9:01:00 PM //


गगनशिला खड्का
भारतको ईशारामा तराईमा अपराधी संगठनहरु सक्रिय रहेको नेकपा माले राष्ट्रवादी मोर्चाका अध्यक्ष मिनानाथ देवकोटाले आरोप लगाउनु भएको छ ।

राष्ट्रव्यापी अभियानका क्रममा गुल्मी आई पुगेका नेता देवकोटाले आज सदरमुकाम तम्घासमा कोण सभा गर्दै यस्तो बताउनु भएको हो । राजनैतिक दलका नाममा भारतको इसारामा तराईमा अपराधिक संगठनहरु सक्रिय रहेको बताउदै नेता देवकोटाले बैदेशिक हस्ताक्षेप विरुद्ध नेपालीहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो । नेपालका राजनीतिकदलहरु सरकार फाल्ने र बनाउने खेलमा मात्रै लागेर राष्ट्रियता धरापमा परेको बताउनु भयो ।
दलहरु सत्ता केन्द्रित राजनैतिमा लागेकै कारण ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको भावना विपरीत देश अनिर्णयको बन्दी बनिरहेको उहाँको तर्क थियो । समयमै संविधान निर्माण लगाएतका विषयमा राष्ट्र व्यापी जनदवाब अभियानका क्रममा अन्य २० जिल्ला हुदै गुल्मी आइ पुगेको बताउने देवकोटाले प्रेस विज्ञप्ती मार्फत जेष्ठ १४ मा नयाँ संविधान जारी गर्न जनदवावको खाचो भएको बताउनु भयो ।
उहाँले सबै खाले विवेदको अन्त्य हुनु पर्ने जनसंख्या र प्राकृतिक श्रोत साधनको आधारमा पाचँ संघिय राज्य हुनु पर्ने, साम्राज्यबादी, विस्तारवादी हरकत बन्द हुनु पर्ने, कालापानिबाट भारतीय सेना हटाइनु पर्ने, १९५० लगायतका असमान सन्धी संझौता खारेज गरिनु पर्ने, सुस्ता लगायत भारतद्धारा नेपालका अतिक्रमित भुमी फीर्ता हुनपर्ने लगाएतका मागहरु राख्नु भएको छ । अग्रगामी शक्तिहरु एकजुट हुनु पर्ने धारणा राख्नु हुने नेता देवकोटा तत्कालीन राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य हुनुहुन्छ ।
राष्ट्रिय जनमोर्चा अध्यक्ष अमिक शेरचन सहित सो पार्टी माओवादी सगं पार्टी एकिकरण गरेपछी देवकोटा सो पार्टीबाट अलग रही नेकपा माले राष्ट्रवादी मोर्चा गठन गरी यस्तो अभियानमा जुट्नु भएको हो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग