Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवमा प्रधानमन्त्री, मन्त्री देखी विशिष्ट व्यक्तिहरुको सहभागीता रहने

Published on 11:44:00 AM //

गगनशिला खड्का, महोत्सव सुचना केन्द्र  
यही आईतवारदेखी शुरु हुन लागेको प्रथम गुल्मी महोत्सवमा उद्घाटन देखी समापनसम्म प्रधानमन्त्री लगायतका केन्द्रीय स्तरका राजनितिक दलका ब्याक्तिहरुको सहभागीता रहने जनाईएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने महोत्सवको समापन नेपाली काँग्रेसका सभापती शुशिल कोइरालाले गर्ने निश्चित भईसकेको महोत्सव मुल आयोजक समिति सचिवालय संयोजक कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
 यस्तै महोत्सवको चौथो दिन लायन्स क्लव अफ ३२५ वी गुल्मी र नेत्र ज्योती संघ गुल्मीको संयुक्त सहयोगमा सञ्चालन हुने आँखा जाँच तथा नि:शुल्क मोतियाविन्दुको अप्रेशन शिविरको उद्घाटन निर्माण तथा भौतिक योजना मन्त्री टोप बहादुर रायमाझीले गर्नुहुने भएको छ । त्यसैगरी महोत्सवको छैठौ दिन बैशाख ९ गते हर्ट फाउण्डेसन नेपाल र रोटरी क्लव काठमान्डौँको संयुक्त सहयोगमा सञ्चालन हुने मुटु, नशा, छाला, मानसिक, बालरोग, दन्तरोग समबन्धी नि:शुल्क स्वास्थ्य शिविरको रोटरी क्लव, नेपाल ३२९० का गर्भनर तिर्थमान शाक्यले गर्ने स्वास्थ्य समितिका संयोजक शेर बहादुर थापाले बताउनुभयो । 
महोत्सवकै छैठौ दिन आयोजना हुने पश्मिाञ्चल स्तरीय साहित्यीक गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब सनत रेग्मीले गर्ने साहित्यीक समिति संयोजक शशी पन्थीले बताउनुभयो। 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग