Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ्ग पर्दा ६ घाईते

Published on 8:57:00 PM //


मनोज बस्नेत/सिता भण्डारी
गुल्मीको इस्मा दोहोलीमा चट्याङ्ग पर्दा ६ जना घाईते भएका छन । इस्मा दोहोली गाविस वार्ड नम्बर ५ मौलीपोखरा निवासी मान प्रसाद तिमिल्सिना, तुल्सीराम घर्ती र बल बहादुर घर्तीको घरमा चट्याङ्ग पर्दा ६ जना घाईते भएका हुन । 

चट्याङ्ग परि घाईते हुनेहरुमा मान प्रसाद तिमील्सीनाका १९ बर्षिय छोरा कुष्ण प्रसाद तिमील्सीना, ४ बर्षीय नाती बिशाल तिमिल्सीना, तुल्सीराम घर्तीकी ४५ बषिय आमा होमकली घर्ती, २ छोरी र बल बहादुर घर्तीकी ४५ बर्षीय श्रीमती घाईते भएको स्थानीयवासी केशव अर्यालले जानकारी दिनु भएको छ । घाईतेहरुको इस्मा उप स्वास्थ्य चौकीमा उपचार भैरहेको तथा उनीहरुको अवस्था सामान्य रहेको बुझिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग