Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ सय विरामीले लिए निःशुल्क उपचार सेवा

Published on 6:12:00 PM //

गगनशिला खड्का
महोत्सव सुचना केन्द्र
प्रथम गुल्मी महोत्सव २०६८ को अवसरमा सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा तीनदिनमा ५ सय ४० जनाले उपचार सेवा लिएका छन ।
लुम्विनी मेडिकल कलेज पाल्पा, शिक्षण अस्पताल महाराजगञ्ज र भरोषा अस्पताल काठमाण्डौँको  सहयोगमा बैशाख ४ गतेदेखी ६ गतेसम्म सञ्चालित स्वास्थ्य शिविरमा  गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, रुपन्देहि, प्यूठान लगाएतका जिल्लाका विरामीहरुको सहभागीता रहेको थियो । तीन दिनसम्म चलेको शिविरमा ५१ जनाको ईण्डोस्कोपी, ७० जनाको इ.सी.जी., ६५जनाको यु.एस.जी, आङ खसेका २ जनाको अप्रेसन तथा , २१ जनाको जनरल सर्जरी अप्रेशन गरिएको स्वास्थ समितिका संयोजक शेरबहादुर थापाले जानकारी दिनुभयो । लुम्विनी मेडिकल कलेजका डा.बुद्धि कुमार श्रेष्ठ, शिक्षण अस्पतालका डा.प्रेमराज ज्ञवाली र भरोसा अस्पताल प्रालिका डा.दिनेशचन्द्र पोख्रेलले उपचार सेवा प्रदान गरका थिए ।
यसैविच महोत्सवको चौथो दिन बुधबारदेखि ९ गतेसम्म सञ्चालन हुने निशुल्क आँखा अप्रेशन शिविर शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा.टेकराज ज्ञवालीले नेपालमा राजनितिक दलको लडाइले सामाजिक विकास निर्माणका काम ओझेलमा परेको बताउँदै अव यो देशको साँचो उधोगी र समाजसेवीहरुले  हातमा लिनुपर्ने बताए।
उनले राजनीतिक दलहरुलाई कुर्चीको मात्रै चिन्ता भएकोले देशको विकास निर्माण ठप्प भएको बताए । साथै आजको उद्घाटन कार्यक्रममा लायन्स क्लव अफ गुल्मीका अध्यक्ष भिम पौडेलले आँखा उपचार केन्द्रको प्रस्तावित अप्रशेन कक्ष र वार्ड निर्माणका लागी आफुले १ लाख १ हजार रुपैया नगद  दिने घोषणा गर्दे १० लाख भन्दा बढी क्लवको तर्फबाट सहयोग जुटाउने प्रतिवद्धता ब्याक्त गरेका थिए।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग