Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफुलाई माओवादी बताउँदै ठगी गर्दै हिड्ने स्थानीयवासीको नियन्त्रणमा

Published on 6:30:00 PM //


सीता भण्डारी
अध्याधिक मदिरा सेवन गरि होहल्ला गर्दै हिड्ने एक व्याक्तिलाई गुल्मीको सिर्सेनि गाविसका स्थानीय बासिन्दाले आफ्नो नियन्त्रणमा लिएका छन् ।

आफुलाई एकिकृत नेकपा माओवादीको दलित सगंठनको गुल्मी जिल्ला अध्यक्ष र नाम कृष्ण बहादुर बिक सुनार (समुन्द्र) बताउने उक्त व्याक्तिलाई मदिरा सेवन गरि होहल्ला गरिरहेको अवस्थामा बुधबार राती स्थानिय बासिन्दाले नियन्त्रणमा लिएका हुन् । केहि हप्तादेखि गाउँमा देखिने गरेको उक्त व्यक्तिलाई स्थानिय बासिन्दाले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पुर्कोटदहको जिम्मा लगाएका छन् ।
गुल्मीको धुर्कोट वस्तु गाविस गिठ्ठा पोखरा घर बताउने र हेर्दा अन्दाजी ४० बर्षका जस्ता देखिने उक्त व्याक्तिको साथमा सहयोग गरिदिनु भन्ने लेखिएको माओवादिको जिल्ला कमिटीको सिफारिस रहेको स्थानिय शिक्षक उदयनाथ भट्टराइले जानकारी दिनुभयो । उक्त व्यक्ति ठगि गर्ने उदेश्यले त्याहाँ पुगेको हुन सक्ने इलाका प्रहरी कार्यलयले पुर्कोट दहले जनाएको छ । 
धुर्कोट घर भएको उक्त ब्यक्तिको नाम कुष्ण बहादुर बिक नै भएको र यस भन्दा अगाडि पनि बिभिन्न स्थानमा ठगी गदै हिड्ने गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । इलाका प्रहरी कार्यलय पुर्कोटदहको नियन्त्रणमा रहेको उक्त ब्यक्तिलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयमा ल्याइने प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग