Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप तथा मिनीबस पार्क निमार्णको लागि उपभोक्ता समिती गठन

Published on 3:40:00 PM //


मनोज बस्नेत
गुल्मीको सदमुकाम तम्घास गावीसको वार्ड नम्बर १ र २ को सिमानामा पर्ने भलुवाकुञ्ज नुनथला भन्ने स्थानमा जिप तथा मिनीबस पार्क निमार्णको लागि सम्भाव्यता अध्ययन गर्न तम्घास वाड नम्बर १ र २ का बासिन्दाको बृह्त भेला सम्पन्न भएको छ ।
तम्घास बाट पराल्मी, रातामाटा, बलिथुम, भाडगाँउ, रातडाँडा, ईन्दे्रगौँडा, बडागाँउ, मुसिकोट लगाएतका स्थानमा छुट्ने जिपहरु तम्घासको बाख्रेछेडाको अब्यवस्थित रुपमा पार्किङ गर्नुपर्ने बाध्यताका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै उनिहरुले पार्क निमार्णको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेका हुन । भेलाले ईश्वरी बेलबासेको अध्यक्षतामा १५ सदस्यीय पार्क निमार्ण उपभोक्ता समिती गठन गरेको छ । जसको उपाध्यक्षमा गोपाल प्रसाद खनाल, सचिवमा थम्मन बहादुर केसि, सह–सचिवमा प्रेम नारायण पन्थि र कोषाध्यक्षमा पुस्कर पन्थि लगाएत रहनुभएको छ । साथै भेलाले भुवन प्रसाद श्रेष्ठको सयोंजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिती समेत गठन गरेको छ । जसको सदस्यमा दिन पन्थि, भुवानन्द पन्थि, गुमानसिहं थापा र हरि बहादुर नेपाली रहनुभएको छ । गठन भएको पार्क निमार्ण उपभोक्ता समितीले पार्क निमार्णको लागि सम्भाव्यता अध्ययन गर्ने तथा त्यसको लागि आश्यक स्रोत जुटाउने निर्णय भेलाले गरेको बताईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग