Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डबासी नेपालीद्वारा मृतकका परिवारलाई सहयोग

Published on 5:37:00 PM //

फिन्ल्यान्डबासी नेपालीहरुले स्व. लक्ष्मीनाथ भण्डारीको परिवारलाई १ हजार यूरो ( १ लाख नेरु) सहयोग गरेका छन । बैदेशिक रोजगारिको सिलसिलामा कतार स्थित एक कम्पनीमा कार्यरत रुपाकोट-२ का स्व. भण्डारीको गत फेब्रुअरी २ तारिखमा दु:खद निधन भएको थियो । स्व. भण्डारीको पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले फिन्ल्यान्डमा कार्यरत तथा ब्यवसाय सन्चालन गरिरहेका नेपालीहरुको ब्याक्तिगत पहलमा विचल्लीमा परेका परिवारका सदस्यहरुलाई राहत प्रदान गर्नको लागि आर्थिक रकम संकलन गरिएको, फिन्ल्यान्डबाट भुवन भण्डारीले बताउनुभयो ।
उक्त संकलित रकम आफन्तको रोहवरमा स्व. भण्डारीकी धर्मपत्नी श्रीमती सरस्वती भण्डारीलाई पठाइसकिएको धर्म भण्डारीले जानकारी दिनुभयो । 

सहयोग प्रदान गर्नुहुने सहयोग दाताहरुको नामावली यस प्रकार रहेको छ :
  
भागीरथ भण्डारी २०० यूरो 
डिल्लिराज अर्याल २०० यूरो
धर्म भण्डारी १३० यूरो 
गणेश भण्डारी ५० यूरो
शंकर भण्डारी ५० यूरो
भुवन भण्डारी ५० यूरो
मन्जु खरेल ५० यूरो
कमला खरेल ५० यूरो
कुलमणी खरेल ५० यूरो
पुनराम भण्डारी ५० यूरो
मोतिराज खरेल ५० यूरो
रोशन भट्टराई ३० यूरो
नबिन भट्टराई २० यूरो
डिल्लिराज गैरे २० यूरो

1 comment

  1. Sabai mili laxminath Bhandari ko pariwar lai sahyo gare ko ma.tapai haru Finland basi lai thannabad bhanna chahan chhu.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग