Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारी माथिको आक्रमणको भर्त्सना

Published on 4:19:00 AM //


मनोज बस्नेत
जिल्ला प्रशासन कार्यलय गुल्मीमा कार्यरत खरिदार तुल्सीराम न्यौपाने माथि भएको आक्रमणको घोर भर्त्सना गर्दै नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति गुल्मी र अञ्चल समन्वय समिति लुम्बिनीले सयुक्त रुपमा आज एक पे्रस बिज्ञप्ति जारी गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन गुल्मीका क्रियाशिल सदस्य समेत रहनुभएका न्यौपाने माथि बाटोमा हिडीराखेको समयमा आफ्नै घर अर्घाखाचिँको भगवति वाड नम्ंबर ४ मा यहि वैशाख २४ गते कुटपिट भएको थियो । आक्रमणको घटनाबाट समस्त राष्ट्र सेवक कमृचारीहरु तथा आमनागरिकहरु प्रति नै घोर अपमान हुन पुगेको महशुस गर्दै उपचार गराई रहनु भएका न्यौपानेको सिघ्र स्वास्थ्य लाभको कामना समेत बिज्ञप्ति मार्फत गरिएको छ । निजामति कर्मचारी युनियन अञ्चल समन्वय समिति लुम्बिनीका संयोजक जयश्वर पन्थि र जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष खिमलाल पाण्डेद्धारा सयुक्त रुपमा हस्तक्षरि विज्ञप्तिमा घटनाको यथासिघ्र छानविन गरि दोषि माथि तत्काल कडा कारवाहिको माग गरिएको छ । यस्ता खालका घटनाहरु पुन नदाहोरिने वाताबरण सिर्जना गरि नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने तर्फ लाग्न सचेत रहन सम्बन्धित निकायलाई आग्रह गर्दै दोषि माथि कारवाहि नभएमा कडा कार्यक्रम सहित संघर्षमा उत्रन बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग