Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ हालत सरकारी कार्यालयहरुको (फोटो फिचर)

Published on 2:23:00 AM //

गुल्मी जिल्लाको रुपाकोट गाविसका अधिकांश सरकारी कार्यालयहरु सम्बन्धित निकायको उदासिनताका कारण जीर्ण र अब्यवस्थितअवस्थामा पुगेका छन । सरकारी उदासिनताका कारण रुपाकोट १ म्यालपोखरा स्थित शारदा माबी, रुपाकोट उपस्वास्थ्य चौकी, हुलाक, तत्कालिन गाविस भवन आदी दिनप्रतिदिन जिर्ण बन्दै गईरहेका छन ।
सरकारी बजेट अभाव र स्थानिय सरोकार वालाहरुको ध्यान नपुग्दा ति कार्यालयरुको उचित ब्यवस्थापन हुन नसकेको हो । अलपत्र र अब्यवस्थित ति कार्यालयहरुको उचित ब्यवस्थापनमा स्वंय कार्यालयहरु, स्थानिय ब्यवस्थान समिती र सरकारको त जिम्मेवारी छँदै छ हामी पुर्वविद्यार्थी, स्थानिय बासिन्दा र देश-बिदेशमा रहने रुपाकोटबासी र समग्र गुल्मेलिहरु पनि त्यो जिम्मेवारीबाट पन्छिन भने मिल्दैन है । 
धन्यवाद रुपाकोट समाज गुल्मी-काठमाडौंलाई स्थानिय स्तरमा रहेका समस्यालाई जस्ताको तस्तै तस्बिरमा उतारी गुल्मीन्युज मार्फत सबैमाझ बाँडेकोमा ।      

रुपाकोट म्यालपोखरा स्थित शारदा माविको कार्यलयको झ्याल ।
बत्तिमुनिको अँध्यारो : बिजुली भएपनी के गर्ने ? टुकी नभै नहुने रैछ त !  
हिँउदमा धुलो झर्ने, बर्खामा पानी चुहिने: पक्की भवन छैन, त्रिपाल टालेरै काम चलाऊँदै ।  
द्वन्द कालमा गाविस कार्यालय नै उठाएर गाविस सचिव तम्घास बस्न थालेपछी गोदाममा परिणत गाविस कार्यालय ।   
कण्डम हैन पत्रीका: संयुक्त राष्ट्र संघ परिवार नियोजन कोषले स्वास्थ्य मन्त्रालय मार्फत स्थानिय हेल्थ पोस्टलाई परिवार नियोजनका साधन बितरण गर्न दिएको बाकसमा पत्रपत्रीका ।  

उपहारको पनि बिजोग:  पुर्व गाविस उपाध्यक्ष नारायण पोख्रेलले रुपाकोट गाविस कार्यालयलाई उपहार प्रदान गर्नुभएको स्टिल दराज अहिले जिर्ण अवस्थामा । 
चाहिने पनि छन कि?: रुपाकोट गाविसको थोत्रिएर ढोका उछिट्टिएको दराजमा छरिएका कागजपत्रहरु ।  
पुग्छ त चिट्ठी: ताल्चा नै नमारी बेवारीसे अवस्थामा झुण्डाइएको पत्रमन्जुषा । यसरी खुल्ला बाकसमा चिट्ठी खसाल्ने कोही होला? खसाली हाले पनि पुग्ला त त्यो चिट्ठी ठाउंमै?  
अब कती थेग्ला?: जिर्ण बनेको शारदा माविको भवन । 
चाँहिदाको बुटी: रुपाकोट उपस्वास्थ्य चौकिको दराजमा अब्यवस्थित रुपमा छरपष्ट छरिएका औषधीहरु ।  
पुरानै सुइरे फाइलिङ सिस्टम । :D
अस्वस्थ उप-स्वास्थ्य चौकी: स्थान अभावमा साँघुरो कोठाबाटै काम चलाऊने गरिएको छ ।   
पहिले गाविस अहिले गोदाम: पुरानो गाविस कार्यालय अहिले निर्माण सामाग्री थन्क्याउने गोदाम घर बनेको छ ।  
पढाई भने सुधार हुँदै छ है: पुरानो माटोको जिर्ण भवन नै भएपनी पढाई भने राम्रै भएको रुपाकोट समाज गुल्मी-काठमाडौंका पधादिकारीहरुलाई जानकारी गराउँदै शारदा माविका प्र.अ ज्योतिमान श्रेष्ठ । आजकाल यस बिद्यालयमा पनि कक्षा १, २ र ३ मा अङ्रेजी माध्यममा पढाई हुने रुपाकोट समाज गुल्मी-काठमाडौंका खडानन्द भण्डारीले जानकारी दिनुभयो ।      
कार्यालय नै अस्त-ब्यस्त: बिद्यालयको शिक्षक कार्यालय नै यती जिर्ण छ, झन कक्षा कोठा र अन्य संरचना हरुको हालत के होला आफै अनुमान लगाउनुस् । 
पहिले गाविस अहिले गोदाम: पुरानो गाविस कार्यालय अहिले निर्माण सामाग्री थन्क्याउने गोदाम घर बनेको छ ।  
काम चलाऊनै पर्‍यो: उपस्वास्थ्य चौकिको बिरामी जाँच्ने ठाउँ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग