Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२६ बर्षपछी फेरी ब्युँतिने भयो वामी-टार सिँचाई योजना

Published on 12:25:00 PM //

सञ्जु थापा
२०४२ सालमा निकै चर्चामा आएको वामी वासीहरुको बहुप्रतिक्षीत वामी टार सिंचाई योजनाको फेरी चर्चा उठ्न थालेको छ । तत्कालीन समयमा योजनाको शुरुवात भै ३१ लाख खर्च भएपनी योजना पुरा हुन सकेको थिएन । अहिले फेरी सोही योजनालाई पुर्णता दिन भन्दै नेपाल सरकार सिंचाई विभागका सिविल इन्जिनियर दिपेन्द्र ओझाको प्रमुख आतिथ्यतामा वामी वासी हरुको भेला सम्पन्न गरीयको छ । भेलाले शुर्दशन शाक्यको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानीश्वर काफ्ले, सचिवमा तेजेन्द्र जि.सि., कोषाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, सहसचिवमा चुरामणी सापकोटा, लगाएत रहनु भएको छ । भेला पछि नयाँ कार्य समिति तथा प्रमुख अतिथिको टोलीले बाग्लुङको पचुवा स्थीत मुहानको पनी अवलोकन गरेको छ । सो आयोजनालाई निरन्तरता दिई छिट्टै पुर्णता दिने वताईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग