Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुखबाट लडेर मृत्‍यु

Published on 12:15:00 AM //


शिबलाल सुबेदी 
गुल्मी जिल्लाको वामी गाविसमा मगंलबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर १ जनाको ज्यान गएको छ । वामी गाविस वार्ड नम्बर ५ रुक्से निवासी ५० बर्षिय मन बहादुर दर्लामीको दिउँसो घाँस काट्ने क्रममा आफ्नै घर नजिकैको बारीमा टाटेको रुखबाट लडेर ज्यान गएको छिमेकीले बताएका छन । टाउकोमा गम्भिर चोट लागेका मन बहादुरको घटनास्थलमै मुत्यु भएको बताइउको छ । दलार्मी मगंलबार दिउसो वामी मैदानमा रहेको फोटो सहितको मतदाता नामावली सकंलन केन्द्रमा आफ्नो मतदाता नामावली दर्ता गराएर गएका थिए । ५० बर्षिय मन बहादुर १० बर्ष अगाडि बाग्लुङ जिल्लाबाट बसाई सराई गरेर आएका थिए । उनको पुर्ख्यौली घर बाग्लुङ जिल्ला रहेको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग