Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैंक अफ काठमाडौं अब गुल्मीमा पनि

Published on 6:25:00 PM //


गगनशिला खड्का
गुल्मीको सदरमुकाम तम्घासमा फेरी अर्को बैंकको स्थापना भएको छ । राष्ट्र बैंकबाट क वर्गको इजाजत पाएको बैंक अफ काठमाण्डु लिमिटेडले आजदेखि आफ्नो ३८ औं शाखाको रुपमा गुल्मीको सदरमुकाम तम्घासमा बैंकको शाखा स्थापना गरेको हो ।
आज एक कार्यक्रमका बीच बैंकका चियरमेन नरेन्द्रकुमार बस्नेतले शाखाको उद्घाटन गर्नुभएको थियो । गुल्मी शाखा प्रमुख विमल श्रेष्ठका अनुसार राजधानी काठमाडौंमा प्रधान कार्यालय रहेको यस बैंकले हालसम्म करिब २ दर्जन जिल्लाहरुमा सेवा दिदै आएको बताइएको छ । यस बैंकसगै गुल्मीमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसवी आई बैंक, रेसुङ्गा विकास बैंक, काष्टमण्डप बैंक र गुल्मी विकास बैंक गरी आधा दर्जन बैंकहरु रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग