Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्लाईन साथी संगितालाई प्रेमपत्र

Published on 6:47:00 PM //

च्याट परिचित मित्र संगीता
सात समुन्द्र पारीबाट तिमिलाई धेरै धेरै माया अनि अनन्त संझनाका लहरहरु केवल जन्म-जन्मभरिका लागि उही तपाईंको च्याट परिचित प्रदेशी मित्र कृष्ण को तर्फबाट ल !!!

संगीता, यो अनमोल जीवनको कहाली लाग्दो यात्रामा एक्लै हिंड्ने आँट छैन । त्यसैले तिम्रो सहयात्री बनेर हिंड्ने मेरो चाहना, आत्मा भित्र उब्जिएका भावनाहरु  सही सत्य लेख्दै छु नसम्झिनु यस्लाई बाहना, संगीता मान्छेको मन भित्र यस्ता इच्छा अनी चाहना जन्मिँदा रहेछन जस्लाई चाहेर पनि बाहिर प्रकट गर्न नसकिने रहेछ । आज यो परदेशी  जीवनमा पाइला टेक्दा सम्म मैले तिमि जस्तो निस्चल मन भएको  मान्छे भेटेको थिईन । आज सम्म मैले सोचेको पनि थिईन कि मेरो जीवन पनि कसैको सहयात्री बन्ने छ भनेर । शायद परदेशिएको भएर पनि  होला । न त मैले आज सम्म कसैको नकली नामको आ डीमा च्याट गरेको थिएँ, न त आगामी दिनमा गर्ने नै छु । मेरो पहिलो अनी अन्तिम भन्न मिल्छ तिमि । मेरो आन्तरिक मनबाट उब्जिएका ईच्छा अनी चाहनालाई दुई शब्दको साहरा लिएर समेटेको छु अन्नेथा नमानीकन पढिदिनु ल !!
संगीता, मानब जीवनको यो अनन्त यात्रामा जन्म देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चहिदो रहेछ। जन्म पस्चात बाल्याबस्था देखी लिएर किशोराबस्था सम्म आइ पुग्दा आमा बाबु को न्यानो काख र स्नेहको छ्हारीमा बित्दा रहेछन जिन्दगीका पलहरु। त्यस पछी तरुनाबस्था मा आइ पुग्दा जिन्दगीले कोल्टे फेर्दो रहेछ। अनी मानिसका मनमा अनेक तरहका इछ्या अनी आकान्छ्या का अंकुर हरु पलाउदा रहेछन। त्यस पछी आमा बाबु को माया र ममतालाई मन को एक कुना मा अलगै राखेर मन भरी अपरिचित मान्छे को माया सजाउने इछ्या जन्मदो रहेछ त्यसैले होला जुन दिन देखी मैले तिमिलाई चाट सम्पर्क गरे त्यसै दिन देखी तिम्रो त्यो कोइली को जस्तो मधुर बोलि अनि  तिम्रो त्यो  काल्पनिक  चरित्र माथि मेरा नयनहरु लुका मरी खेल्न लागिसके। मलाई थाहै थिएन कि  तिम्रो चरित्र अनी मिठो बोली बाचनले मेरो अन्तर आत्मा मा पौडी खेल्न थाल्ने  छ भने कुरा को ...!  तिम्रो बारेमा सोच्दा-सोच्दै दिन हरु बितन थाले। अनी तिम्रै मेसेज र अन्लाईनको पर्खाइमा यी मेरा आँखाहरु टोलाउन थाले । शायद यसैलाई भन्छन होला है संगीता, साथी !
संगीता, कसैले कसैलाई साथी बनाउनु गलत त होइन नि ? तर म सोच्छु कतै मेरो सोचाइ गलत त हुने होइन। संगीता, हुन त मलाई के थाहा तिम्रो मन मा त्यस्तो सोचाइ छैन पनि होला । फेरी तिमि जस्ती राम्रो शिल-स्वाभाव भएकी मान्छेलाई साथी बनाउने अरु पनि त हुन सक्छन नि होइन त ? संगीता, किन कि आज भन्दा अगाडि नत मेरो जीवनमा यो दिन आएको थियो न त मैले आफ्नो अन्तर आत्मा देखी कसैलाई साथी बनाएको थिए। बस आज केबल तिमिलाई बनाएको छु केबल तिमिलाई....।  संगीता, म तिम्रो साथी बनेर यो परदेशी मित्रताको सपना यदि यो धर्तीमा भगवान साक्षी छ भने अपुरो नहोला । संगीता हुन त म देख्न मा तेत्ती राम्रो पनि छैन । न त म सँग धन सम्पत्ति नै छ, न त कुनै योग्यता नै । बस छ त केबल निस्चल मायाले भरिएको फराकिलो मन । केवल तिमिलाई मनको कुनामा थोरै ठाउँ बास मागेको छु । तिमिले मलाई गलत नसोचेमा म आफुलाई भाग्यमानी ठान्ने थिए । अन्त्यमा तिमिले मलाई हेर्ने ति आँखामा स्नेहका अंकुरहरु पालाउन् भनी भगवानसँग प्रार्थना गर्दै आगामी दिनम़ा अन्लाईनमा कुराकानीको साथमा म्यासेज पठाउनेछ्यौ भन्दै तिम्रो पर्खाईम़ा बिदा चाहान्छु ।

उही तिम्रो प्यारो मान्छे
कृष्ण पोखरेल 'एकल यात्री '
मुसीकोट:-३ रानीचोक, गुल्मी 
हाल दोहा कतार 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग