Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दवावका लागि पत्रकार महासघंको हस्ताक्षर सकंलन

Published on 2:06:00 PM //


शिबलाल सुबेदी
शान्ति, सहमति र संविधान निर्माणका लागि नेपाल पत्रकार महासंघले गरेको दवावमुलक कार्यक्रम अन्तर्गत गुल्मीमा पनि हस्ताक्षर संकलन कार्यक्रम गरि प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल मार्फत सबिधान सभा अध्यक्ष सुवास नेम्बाङलाई पठाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा मगंलवार बिहानै देखि तम्घासको लाँकुरी मञ्चमा हस्ताक्षर संकलन गरि दिउसो प्रमुख जिल्ला अधिकारी अर्यालमार्फत सबिधान सभा अध्यक्ष नेम्बाङलाई पठाइएको हो । 
पत्रकार महासघंको केन्द्रिय कार्यक्रम अन्तर्गत समयमै नयाँ संविधान निर्माण र नयाँ संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी लगायतका माग सहित आज देखि दवावमुलक कार्यक्रम सुरु गरीएको हो ।
यसैविच प्रेस युनियन गुल्मी शाखाले पनि समयमै संविधान निर्माणको माग गर्दै गत जेठ २ गते देखि शुरु गरि सकंलन गरेको हस्ताक्षर पनि गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल मार्फत सभामुखलाई बुझाएको केन्द्रिय सदस्य जनार्दन घिमिरेले जानकारी दिएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग