Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा वन्दको सामान्य प्रभाव

Published on 2:06:00 PM //


सिता भण्डारी
नेकपा माओवादी मातृका समूहले मगंलवार आवहन गरेको नेपाल वन्दको प्रभाव गुल्मी जिल्लामा सामान्य परेको छ । जिल्लाको सदरमुकाम तम्घासवाट पाल्पा, वुटवल तथा काठमाण्डौंका लागि छुट्ने लामो दुरिका सवारी साधनहरु संचालन भएनन भने ग्रामिण क्षेत्रमा चल्ने छोटा दुरीका सवारी साधनहरु भने सधै जस्तै चलेका छन । सदरमुकाम तम्घास र ग्रामिण क्षेत्रका वजार, उद्योग तथा कलकारखानामा विहानैदेखि नै सञ्चालन भएका थिए । बिद्यालयहरु पनि सबै खुलेका थिए । 
आज भएको कक्षा ११ को परिक्षा
पनि यथावतरुपमा संचालन भएका छन् । वन्दको वारेमा गुल्मीमा स्थानीय संचारमाध्यमहरुले आधिकारीक जानकारी नपाएका कारण पनि मानिसहरु अन्यौलमा परेका छन् । नेकपा माओवादी निकट मधेसी मुक्ति मोर्चा, किरात लिम्बुवान राष्ट्रिय मोर्चा, किरात खम्बुवान राष्ट्रिय मोर्चा, थारुवान मुक्ति मोर्चालगायतका सङ्गठनहरुले बन्दको आह्वान गरेका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग