Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विकासका लागि ऊर्जा

Published on 7:47:00 PM //


जिविस गुल्मीले जिल्लामा विकासका लागि ऊर्जा भन्ने मूल नारा  अगाडि सारेको छ ।  जिविसले  आगामी चार वर्षभित्र जिल्लाका प्रत्येक घरधुरीमा विद्युत् पु-याउने प्रतिबद्धता जाहेर गरेको छ । जिविस गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरी नौबुँदे घोषण पत्र जारी गर्दै यस्तो प्रतिबद्धता जाहेर गरेको हो ।
घोषणापत्रमा आवधिक जिल्ला ऊर्जा विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिने र त्यसका लागि सम्बद्ध सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उल्लेख छ । त्यस्तै जिविस र गाविसमा वैकल्पिक ऊर्जा विकास योजना बनाई कार्यान्वयन गर्ने, दुवै निकायले आफ्नो बजेटको उल्लेख्य अंश वैकल्पिक ऊर्जा विकासका लागि विनियोजन गर्ने र विद्युत् रोयल्टीबाट प्राप्त रकम सामुदायिक विद्युतीकरण, ग्रामीण विद्युतीकरण र वैकल्पिक ऊर्जा विकासका क्षेत्रमा प्राथमिकतासाथ विनियोजन गरिने घोषणापत्रमा उल्लेख छ । 
यसैगरी  ऊर्जा विकासको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको साझा संयन्त्र निर्माण गरी एकद्वार प्रणालीबाट ऊर्जा उत्पादन र वितरणको कार्यक्रमलाई अगाडि बढाइने  र सम्पन्न योजनाका साथै अन्य नवीकरणीय ऊर्जा परियोजनाको मर्मत–सम्भारका लागि उपभोक्ताको साझेदारीमा जिविस र गाविसबाट रकम विनियोजन गरिने जनाइएको छ ।
विपन्न, दलित, जनजाति एवं जोखिममा परेका परिवारलाई विद्युतीकरण, सोलार, बायोग्याँस आदिमा थप अनुदानको व्यवस्था गर्ने, तीन वर्षअघि स्थापना भएको जिल्ला ऊर्जा तथा वातावरण शाखालाई संस्थागत र आन्तरिकीकरण गरिने घोषणापत्रमा भनिएको छ । जलवायु परिवर्तन, वातावरणीय सुधार, ऊर्जासंकटको समाधानका लागि वैकल्पिक ऊर्जाले सहयोग पु¥याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसमेत घोषणा गरिएको छ ।
 जिविसले क्रमशः गाविसहरूलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने नीतिलाई प्रभावकारी रूपमा अगाडि बढाउने र यस कार्यमा सहयोग पु¥याउन सबै पक्षको सहयोगको अपेक्षासमेत गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला ऊर्जा तथा वातावरण शाखा अधिकृत चिरञ्जीवी भट्टराईले वैकल्पिक ऊर्जाको प्रयोगबाट कार्बनडाईअक्साइडको उत्पादनमा कमी आउने र कार्बोनट्रेडको नीतिअनुसार देशले आम्दानी गर्न सक्ने र वनविनाश रोकिने बताए । उनले अन्य घरेलु वातावरणीय समस्यामा सुधार आउने कारणले पनि वैकल्पिक ऊर्जाको प्रयोग सबैभन्दा उत्तम विकल्प भएको जानकारी दिए ।
त्यस्तै जिविस गुल्मीका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले जिल्लामा पर्याप्त ऊर्जा उत्पादनको सम्भावना रहे पनि त्यसअनुसार उपयोगमा ल्याउन नसकिएकाले विकासका लागि ऊर्जा भन्ने मूल नारा अगाडि सारिएको बताए । 
कारोबार दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग