Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पनि गणतन्त्र दिवस मनाईयो

Published on 1:06:00 PM //


सीता भण्डारी,
चौंथो गणतन्त्र दिवसको अवसरमा आज गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विविध कार्यक्रमका साथमा गणतन्त्र दिवस मनाईएको छ । गतन्त्रदिवस जिल्ला मूल समारोह समितका अध्यक्ष भक्तिराम मरासिनीको अध्यतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले वर्तमान अवस्थामा गाणतन्त्रको संस्थागत विकास हुन नसकेको भन्दै यसको संस्थागत विकासका लागि चाँडो चन्दा चाँडो शान्ति र संविधान निर्माण गर्नु पर्ने वताएका छन् । 
कार्यक्रममा वाजागाजा सहित प्रभातफेरी गरि वजार परिक्रमा समेत गरिएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेपाली काँग्रेसका निवर्तमान सभापति शुरेसचन्द्र भुसाल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कमल अर्याल, राप्रका टोप वहादुर वस्नेत, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम गौतम लगायतका व्यक्तिहरुले शुभकामना दिनु भएको थियो । 
कार्यक्रममा प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदि, कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापा लगायत जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, नागरिक समाज सिद्धवावा उच्च मावि, रिडर्स पव्लिक हाईस्कुलका शिक्षक तथा शिक्षिका, विधार्थी, उद्योगि तथा व्यापारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकर पसाद गौतमको संचालनमा सम्पन्न भएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग