Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक जग्गा विपन्नलाई

Published on 1:27:00 PM //


घनश्याम गौतम
दुर्गम गाविस बाँझकटेरीका विपन्न समुदायको आय आर्जन र वातावरण संरक्षणको उद्देश्यले वन कार्यालयले मालिका जंगलको नांगो डाँडो उपलब्ध गराएको छ । 

खाली जग्गामा आयमूलक खेती गर्न सिकाएर विपन्नको आम्दानी बढाउन जग्गा उपलब्ध गराएको कार्यालयले जनाएको छ । स्थानीयले लिएपछि दुर्गममा रहेको सरकारको वन कबुलियती वनमा परिणत भएको छ । कार्यालयले बाँझकटेरी १, होलबाङका विपन्न परिवारका ७१ घरपरिवारलाई प्रतिपरिवार १ हेक्टरका दरले ७१ हेक्टर जग्गा उपलब्ध गराएको हो ।

वन विभागअन्तर्गत खाद्य तथा कृषि संगठनका क्षेत्रीय संयोजक नारायण भट्टराईका अनुसार सरकारले हैसियत बिग्रेको -रूख बिरुवा नरहेको जंगल क्षेत्र) विपन्न समुदायका समूह बनाएर बढीमा ४० वर्षसम्मका लागि हस्तान्तरण गर्न सक्छ ।  सोही प्रावधानअनुसार झकटेरीको होलबाङ क्षेत्रमा खेर गइरहेको मालिका जंगल स्थानीयलाई हस्तान्तरण गरिएको उनले बताए । जिल्लामा घोषणा गरिएको यो कबुलियती वन पहिलो वन हो ।

सरकारको वन ४० वर्षका लागि आफूहरूले उपयोग गर्न पाएपछि सर्वसाधारण उत्साहित भएका छन् । आपनो नाममा मुस्किलले १ रोपनी जग्गा नभएका विपन्न परिवारका उनीहरूले १ हेक्टर जमिनसहितको पट्टा पाएका छन् । 

हिजोसम्म सरकारको जस्तो लागेको थियो,' बाँझकटेरी १ होलबाङका बृजबहादुर खत्रीले भने, 'अब कार्य योजनाअनुसार खाली डाँडोलाई हराभरा बनाउने छौं ।' वन आफूहरूले पाएदेखि नै दिनरात काम गरेर वन संरक्षणका लागि ७ किलोमिटर ढुंगाको पर्खाल निर्माण गरेको उनले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग