Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना हुदाँ २ जना गम्भिर घाईते

Published on 2:24:00 PM //


मनोज बस्नेत
गुल्मीको गौडाकोट गाविसमा केहि समय अगाडि जिप दुर्घटना हुदाँ २ जना गम्भिर घाईते भएका छन् । बुटबल बाट गुल्मीको सदरमुकाम तम्घासकालागि छुटेको लु १ च ३९१४ नम्बरअको निजी जिप गौडाकोट गाविसको वार्ड नम्बर ७ मा दुर्घटनामा परेको हो । दुर्घटनामा घाईते हुनेहरुमा जिपका चालक नवलपरासि रामग्राम ११ का अन्दाजि २४ बर्षका लोक नारायण चौधरी र जिपमा सवार कपिल्वस्तु हथौसा ८ का अन्दाजि ३६ बर्षका प्रेम नारायण वस्ति रहेका छन् । 
गम्भिर घाईते दुवै जनालाई अहिले उपचारको लागि पाल्पा तर्फ लगिदैँ गरिएको जिल्ला ट्राफिक प्रहरि कार्यालय गुल्मीले जानकारी दिएको छ । जिप सड्कबाट अन्दाजि २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र जिप क्षत बिक्षत अबस्थामा रहेको ट्राफिक प्रहरिले जानकारी दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग