Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Published on 7:28:00 PM //


गगनशिला खड्का
राज्यको हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नको लागि सरकारको ध्यान आकर्षण गर्न अन्तरपार्टी महिला सञ्जाल गुल्मीले प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र वुझाएको छ । 
जिल्ला प्रशासन कार्यलय गुल्मीमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई बुझाईएको ज्ञापन पत्रमा अन्तरिम संविधान २०६३ को व्यवस्था अनुसार राज्यका हरेक निकाय तथा राजनितिक नियुक्तिमा महिलाहरुको ३३ प्रतिशत सहभागिता सुनिश्चि हुनुपर्ने उल्लेख गरिएको छ ।
वर्तमान भन्दै अभिलम्व निर्णय सच्चाउन आग्रह गरिएकोछ । ज्ञापन पत्रमा तत्काल माग पुरा नभए संघर्षमा उत्रने चेतावनी समेत दिईएको छ । ज्ञापन पत्र बुझाउन सञ्चालकी अध्यक्ष ललिता गौतम, उपाध्यक्ष धना भण्डारी, सचिव सृजना तरामु, कोषाध्यक्ष निर्मला पोखरेल, र सदस्य सीता भुसाल, कल्पना भण्डारी, पत्रकार सकिला खातुन लगायतको सहभागिता थियो । 
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले ज्ञापन पत्रका मागहरु उपयुक्त भएको भन्दै यथाशिघ्र प्रधानमन्त्रीको कार्यलयमा पठाउने जानकारी दिनुभयो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग