स्काउट गुल्मीमा कुँवर निर्विरोध
Published on
7:29:00 PM //
गगनशिला खड्का
नेपाल स्काउट जिल्ला शाखा गुल्मीको पाँचौ अधिवेशन निर्विरोध रुपमा कार्यसमिती चयन गर्दै सकिएको छ । अधिवेशनले जिल्ला आयुक्तमा भेष वहादुर कुवँरलाई निर्विरोध निर्वाचित गरेको छ । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल संयोजक रहेको निर्वाचन समितीले११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

त्यसैगरी मनोनित सदस्यहरुमा हिमकला राना र हरिप्रसाद गौतम रहनुभएको छ । प्रमुख जिल्ला अधिकारी नन्दलाल पौडेलको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा स्रोत व्यक्ति छविलाल खरेल, महेन्द्र उच्च माध्यामिक विद्यालयका प्राचार्य केशर वहादुर थापा, क्षेत्रीय प्रतिनिधी विकास चन्द्र खरेल, रामलाल पाण्डे लगायतका अतिथि रहनुभएको थियो । कृष्ण प्रसाद मरासिनीको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला आयुक्त भेष वहादुर कुँवरको अध्यक्षता र लक्ष्मी पन्थीको सञ्चालनमा सम्पन्न भएको छ ।
0 प्रतिकृयाहरु